Home / Feature Breaking news / घोराहीको भानु चोकमा मनाईयो भानु जयन्ती, भानुचोक पुनः स्थापित गर्न स्थानीय सरकारलाई आग्रह

घोराहीको भानु चोकमा मनाईयो भानु जयन्ती, भानुचोक पुनः स्थापित गर्न स्थानीय सरकारलाई आग्रह

२१०औं भानुजयन्ती घोराहीको भानु चोकमा मनाईएको छ । घोराहीको भानु चोकमा जम्मा भएर घोराहीबासीहरुले भानु जयन्ती मनाएका हुन् । साहिन्यकार किशोरचन्द्र गौतमको नेतृत्वमा जयन्ती मनाईएको थियो । त्यस अवसरमा सहभागीहरुले भानुभक्तको सम्झनामा रचनाहरु वाचन गरेका थिए ।

सहभागीहरुले नेपाली भाषामा रामायण पढ्ने अवसर दिने, नेपाली समाजलाई भाषिक स्वाभिमान दिने, भाषिक एकताको बलियो राष्ट्रिय डोरी उपलब्ध गराउने आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धा अर्पण गरेका थिए । साथै उनीहरुले भानुचोक पुनः स्थापित गर्न घोराही उपमहानगरपालिकालागी आग्रह गरेका थिए ।

तनहूँको चुँदीरम्घामा १८७१ साल असार २९ गते जन्मिएका भानुभक्तले १९१० सालमा ‘भानुभक्तीय रामायण’ महाकाव्य लेखेपछि उनको काव्यिक व्यक्तित्व थप सुपरिचित भएको थियो । उनले ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ लगायतका महत्वपूर्ण कृतिहरू र अन्य फुटकर कविताहरू लेखेका छन् । भानुभक्तको निधन १९२५ असोज ६ गते तनहुँको सेतीघाटमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*