Home / Feature Breaking news / घरेलु हिंसा विरुद्धको सचेतना अभियान तिव्र बन्दै

घरेलु हिंसा विरुद्धको सचेतना अभियान तिव्र बन्दै

नारायणपुर, २० भदौ
जिल्लामा सञ्चालन भएको घरेलु हिंसा विरुद्धको सचेतना अभियान तीव्र रुपमा अगाडी बढेको छ । विभिन्न विद्यालय एवं गाँउगाँउसम्म पुगेर सचेतना कार्यक्रमलाई तीव्र पारिएको छ । यसैक्रममा आज मंगलवार नारायणपुरमा सचेतना कार्यक्रम भएको छ ।

21314404_1465366203554700_2246385347302933493_n

घोराही उपमहानगरपालिका वडा नम्बर १० को सहयोगमा कार्यक्रम भएको हो । सामुदायीक प्रहरी सेवा केन्द्र दाङ, ईप्रका नारायणपुर र सर्वेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनाका कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले घरेलु हिंसाको विषयमा प्रशिक्षण दिनुभएको थियो । घरेलु हिंसा भनेको के हो, घरेलु हिंसा प्रकार, घरेलु हिंसा हुनुका कारण, समाधानका उपाय, कानुनी कारबाही लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

21270815_1465366353554685_3772867966664619149_n

सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दुर्गा सिंहले घरेलु हिंसा न्यूनिकरणकालागि जिल्लामा सचेतना कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरेको बताउनुभयो । विशेष गरि घरेलु हिंसामा महिलाहरु पिडित हुने गरेकाले महिलाहरु सचेत हुुनुपर्ने बताउनुभयो ।

घोराही उपमहानगरपालिकाका ८, ९, १०, ११ र १२ नम्बर वडाहरुसँगको समन्वयमा भएको कार्यक्रममा सय बढिको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरु घोराही उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामीछाने, सहभागीहरु सरिता देवकोटा र रुक्मीना न्यौपानेले भनाई राख्नुभएको थियो ।

21369535_1465367963554524_8811049689774117122_n

सर्वेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मञ्जु न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सामु्दायीक प्रहरी सेवा केन्द्र दाङका सचिव आर.के.शीतलले गर्नुभएको थियो ।

यसैबीच

घोराही उपमहानगरपालिका वडा नम्बर १६ को निमावि तेरौटे बाहुनडाँडामा पनि घरेलु हिंसा सम्वन्धी सचेतना कार्यक्रम भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी एवं अभिभावक सहभागी भएको कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष लक्षीणप्रसाद बुढाको पनि सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*