Home / समाचार / बालदिवसका अवसरमा ज्योतिपुञ्जमा विविध कार्यक्रम

बालदिवसका अवसरमा ज्योतिपुञ्जमा विविध कार्यक्रम

दाङ, २९ भदौ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयले आइतवार बिबिध कार्यक्रम गरी वालदिवस मनाएको छ ।

वालदिवसका अवसरमा ज्योतिपूञ्ज विद्यालयले विद्यार्थीहरुका बिचमा बिबिध अतिरक्ति प्रतियोगितात्मक कार्यक्रम गरेको छ । शिशुकक्षामा चित्रकला र तातो आलु प्रतियोगिता गरिएको छ । कक्षा १ देखि ६ सम्म तहगत रुपमा हाजिरी जवाफ प्रतियोगिता र कक्षा ७ देखि १० सम्म बक्तृत्वकला प्रतियोगिता गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीको सभापतित्व एंव ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष हेमराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथिले पुरस्कार बितरण गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका कोर्डिनेटर पूर्णचन्द्र पाण्डेय, माध्यमिक तहका इन्चार्ज तुल्सीप्रसाद शर्मा लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले वालगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

पूर्ण बालमैत्री विद्यालयका रुपमा नयाँ ब्यवस्थापनका साथ ज्योतिपूञ्ज विद्यालयमा मासिक परीक्षा, योगकक्षा तथा नृत्य कक्षा, योगकक्षा र मल्टिमिडिको प्रयोग गरी पठनपाठन गराइने विद्यालयका रुपमा आफ्नो पहिचान गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*