Home / समाचार / नारायणपुर महोत्सव तीन दिन थप

नारायणपुर महोत्सव तीन दिन थप

नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ दुई दिन थप भएकाे छ ।
यसअघि २६ गते सम्मका लागि भनिए पनि दर्शककाे मागका कारण २८ गतेसम्म महाेत्सव चल्ने र २९ गते महाेत्सवकाे समापन गरिने मूल आयाेजक समितिले जनाएकाे छ ।
नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०’ मा मङ्गलबार गायिका मञ्जु भट्टराईकाे प्रस्तुति रहने छ ।
साथै घनश्याम केसी, राशी रिजाल, बिबि बुढा मगर, सालिक क्षेत्री , माेडेल सगुन थापा तथा  एलिसा डान्स ग्रुप काठमाडौँका नृत्यङ्गनाहरु एलिसा बराल, एन्जिजा श्रेष्ठ, सीमा श्रेष्ठ  र शालु सुनार र डिएमएस डान्स ग्रुपको प्रस्तुति रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*