Home / Feature Breaking news / मा.वि लमडरुवाका छात्राहरुलाई प्याड वितरण

मा.वि लमडरुवाका छात्राहरुलाई प्याड वितरण

घोराही, २६ वैशाख

घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको जनजागृति मा.वि लमडरुवाका विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत ३ सय छात्राहरुलाई सनेटरी प्याड वितरण गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले विद्यालयमा एक कार्यक्रमको आयोजना गरि छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको हो । केन्द्रका उपाध्यक्ष विष्णु गिरीको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रधानाध्यापक बुढाथोकीले नेपाल महिला सामुदायिक सेवा केन्द्रले गरेको सामाजिक कार्यहरुको बारेमा जानकार भएको भन्दै विद्यालयलाई सम्झीएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले सर्जिकल प्याडभन्दा स्थानीय उत्पादन प्याड धेरै गुणस्तरिय भएको भन्दै यसलाई सबै विद्यायमा पु¥याउन अनुरोध गर्नुभयो । छात्राहरुमा महिनावारी हुदा विद्यालय छाड्ने समस्या अझै धेरै विद्यालयमा भएको भन्दै उहाँले यस समस्या समाधानकालागी यस अभियानले सहजता प्रदान गर्ने बताउनुभयो ।

    

कार्यक्रममा बोल्दै नेपाल महिला सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विष्णु गिरीले संस्थाले महिलाहरुको सामाजिक एवं आर्थिक सशक्तीकरण र बालबालिकाहरुको शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बताउदै छात्राहरुलाई मनहिनावारीको समयमा हुने समस्या समाधानकालागी अभियान कै रुपमा निशुल्क सेनेटरी प्याड वितरण गरिरहेको बताउनुभयो । उहाँले विद्यालयको अन्य विकासकालागी संस्थाले विद्यालयसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सेनेटरी प्याड पाएसँगै छात्रा अञ्जली रसाईलीले आफूहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड पाएकोमा खुसी व्यक्त गर्दै यसले आफूहरुलाई महिनावारी भएको समयमा सहज हुने बताउनुभयो । उहाँले सर्जिकल प्याडभन्दा स्थानीय उद्योगमा उत्पादन भएको पुनः प्रयोग गर्न मिल्ने प्याड स्वास्थ्यकालागी र आर्थिक हिसाबले सजिलो भएको उहाँको भनाई थियो । अर्का छात्रा श्रृष्टी वलीले ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई निशुल्क रुपमा प्याड सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिदै आफूहरुलाई सहज हुने बताउनुभयो ।

त्यस अवसरमा विद्यालयमा अध्ययनरत ३ सय बढि छात्राहरुलाई महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरिएको थियो । कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका कार्यक्रम प्रमुख आर.के.शीतलले संस्थागत जानकारी दिनुभएको थियो भने प्याड प्रयोगबारे संस्थाका मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक बुद्धिराम शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*