राजेन्द्र दाहाल दाङको सांगीतिक क्षेत्रमा स्थापित नाम हो । करिब एक दशकदेखि संगीत क्षेत्रमा सक्रियरुपमा लागेका दाहाल अहिले लोक तथा दोहरी गीत प्रतिष्ठान दाङको नेतृत्वमा छन् ।
ब्राहमण परिवारमा जन्मिएकाले उनको परिवारको चाहना छोराले पढेर राम्रो जागिर खाइदेओस् भन्ने थियो । तर उनको भने सानैदेखि गीत-संगीतप्रति लगाव थियो । त्यही कारण दाहालले सधै रेडियो नेपालमा शनिवार २ः३० देखि ३ बजेसम्म बज्ने लोक गीतहरु सुन्ने गर्थे ।
ती गीतमा बजेका मादलको तालले उनको मन छुने गथ्र्यो । त्यहाँबाट प्रभावित भएर गीतहरु सुन्दै ताल बाजामा रमाउँथे । रमाउँदा-रमाउँदै घरमा भएको काठको झर्याङ बजाउने गर्थे ।
घरमा गीत सुन्नलाई बाले रेडियो किन्नुभएको थियो । उहाँहरुले समाचार सुन्नुहुन्थ्यो । त्योपछि रेडियो प्रायः मैले सुन्ने गर्थे । त्यो बेला आफू सानो भएकाले मादल किन्ने पैसा हँुदैन थियो ।
पढ्ने बेला मादल बजाउन लाग्ला भनेर घरमा मादल मैले भने पनि किन्नुदिनु हँुदैन थियो । त्यही भएर मैले रेडियो बजेको गीत सुन्दै काठको भर्याङ बजाउने गर्थे । त्यसमा आवाज पनि आउने गथ्र्यो । काठको भर्याङ बजाउँदा-बजाउँदै मैले मादल बजाउन सिके ।
सुन्दा पनि प्रायःलाई अनौठो लग्न सक्छ । मैले घरमा भर्याङ बजाएको देखेर मेरो ठूलो दिदी देवका रेग्मीले मलाई मादल किनिदिने कुरा गर्नुभयो । दिदीले मादल किनेदिने भनेपछि मन त्यसै खुशी थियो तर मादल हातमै पाउनलाई एक बर्ष कुर्नुपर्यो ।
दिदीले बाचा गरेको करिब एक बर्षपछि सायद २०५५ सालतिर घरमै मादल पाउँदाको क्षण मेरो जीवनको सबैभन्दा खुशीको क्षण हो । ‘मादल नपाएर घरमा भुइँतलाबाट माथिल्लो तला जान राखेको काठको भर्याङबाट मादल बजाउन सिकेको मलाई हातमा मादल पर्दा कत्ति खुशी भएँ हँुला ?, अहिले वणर्न गरिसाध्य छैन’, दाहालले भने- ‘अहिले पनि त्यो क्षण सम्झँदा खुशी लाग्ने गर्दछ ।’
त्यसपछिको अर्को खुशीको क्षण हो, घोराही उपमहानगरपालिका-१२ रतनपुरमा रहेको श्री माध्यमिक विद्यालय रतनपुर हापुरमा स्वागत गीतमा मादल बजाउन पाउँदाको क्षण हो । त्योभन्दा पहिले औपचारिक कार्यक्रममा बजाएको थिएन ।
आफू सानो भएकाले पनि मलाई मादल बजाउने अवसर दिदैन थिए । विद्यालयको बार्षिकोत्सव थियो । सायद २०६०/०६१ सालतिर हुनुपर्छ । त्यो बेला मैले ९ कक्षा पढ्दै थिए । विद्यालयको बार्षिकोत्सव नजिकिँदै थियो । सरले भनेपछि हामीले स्वागत गीतका लागि केही दिन तयारीसमेत गरेका थियौं ।
विद्यालयको बार्षिकोत्सवमा विद्यालयका सम्पूणर् विद्यार्थी, अभिभावक, शिक्षकहरुको अगाडि उभिएर पहिलोपटक स्वागत गीतमा मादल बजाउँदा डरसँगै आनन्दको अनुभूति भएको थियो । जुन क्षण मेराका लागि खुशीको क्षण हो । मलाई यस क्षेत्रमा अघि बढ्न हौसल्ला दिने दिदीसँगै भानिजदाइ गणेश आचार्य हुनुहुन्छ । भानिजदाइले राम्रो मादल बनाउन सकिस् भने काठमाडौ लैजान्छु भन्नुभएको थियो । उहाँ त्यो काठमाडौमा अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
त्यसले मलाई थप ऊर्जा थप्ने काम गर्यो । संगीत क्षेत्रमा मलाई औपचारिक कार्यक्रममा अगाडि बढाउने लोक दोहरी गायक गजेन्द्र बहकरी हुनुहुन्छ । उहाँले मलाई गीत संगीतको क्षेत्रमा अगाडि बढाउन धेरै गर्नुभएको छ ।
अर्को खुशी भनेको तिहारमा भैलो खेल्दा मादल बजाउन पाउँदाको हो । सानोमा खास्सै मादल बजाउन नजान्दा बजाउन जानेका मान्छेहरुले मादल छुनसमेत दिदैन थिए । तर भैलो खेल्दा एक घरबाट अर्को घरमा जाँदा या अलि परको गाउँमा जाँदा बाटोमा मादल हामीलाई बोकाउथेँ ।
उनीहरुले आफूले बोक्न धौ मानेर हामीलाई मादल बोक्न दिए पनि आफूलाई भने मादल बोकेको निहुँमा बजाउन पाउँदा अत्यन्तै खुशी लाग्ने गथ्र्यो । त्यसरी मादल बजाउन पाउँदा पनि निकै सुखी लाग्ने गर्दथ्यो । आफ्नो चाहना सानैदेखि बाद्यवादनमै भएकाले मैले पढाईसँगै संगीतलाई पनि निरन्तरता दिए ।
त्यही घरमा २०६३/०६४ सालमा घोराहीको तुलसीपुर चोकको नजिकै दोहरी साँझ खुल्यो । त्यसमा मादल बजाउनदेखि धेरै मानिसहरु खोजेको रहेछ । मैले थाहा पाएपछि त्यसपछि मैले पनि फर्म भरे । त्यो बेला दोहरी साँझमा मादल बजाउनका लागि २ दर्जन बढीले फर्म भरेका थिए । त्यसमा छनोटका लागि मादल बजाउन लगाएर अन्तर्वार्ता लिएका थिए । त्यो बेला २ दर्जनलाई उछिनेर पहिलोपटक दोहरी साँझमा मादल बजाउन पाउँदाको क्षण जीवनको अर्को खुशीको क्षण हो ।
त्यहीबाट मैले पहिलोपटक मादल बजाएर पैसा कमाउन थालेको थिए । जसले गर्दा आफूलाई यस क्षेत्रमा स्थापित हुनदेखि संगीतिक करिअरलाई अगाडि बढाउन समेत सहयोग पुगेको थियो । त्यसपछि मेरो आम्दानीको स्रोत समेत भयो । मलाई घरबाट पैसा पठाउनुपर्ने बाध्ययता हट्यो र मैले मास्टरसम्म आफ्नै कमाईले अध्ययन गर्न पाए ।
‘आफै कमाउँदै, कलेजको खर्च जुटाउँदै पढ्दाको क्षण पनि जीवनको खुशी’, उनले भने-‘मादल बजाएर केही हँुदैन भन्नेहरुका लागि म उदाहरण समेत बने ।’
दोहारी साँझमा काम गर्दा नै विभिन्न राष्ट्रियस्तरका कार्यक्रमसम्म हिँड्ने अवसर जुट्यो । त्यस क्रममा मादल बजाउनेदेखि विभिन्न तालको अध्ययन गर्ने, अन्य बाजाहरुसमेत बजाउन सिक्ने कौतुहल्ता जाग्यो । र, राष्ट्रिय नाचघर काठमाडौंमा ६ महिनाको मादल कोर्ष लिए । त्यसक्रममा हामीहरुलाई बरिष्ठ मादल बाधक खर्कबहादुर बुढामगर, खिधिमे बाजा नरेश प्रजापति, त्यही क्रममा रेडियो नेपालमा बरिष्ठ सारंगी बादक खड्ग गन्धर्वले सांरगीको बेसिक कोर्ष लिए । त्यसमा विशिष्ट श्रेणीमा पाससमेत गरेको थिए ।
यसले मलाई बाजा बजाउनदेखि पूर्वदेखि पश्चिमसम्म बजाइने मादललगायतका बाजाहरुको सुर तालसम्बन्धी ज्ञान लिने अवसर मिल्यो । त्यही क्रममा दाङ जिल्ला राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानमा जोड्ने काम गर्यो ।
२०६५/०६६ सालमा जोडिएपछि सदस्य, सहसचिव, प्रथम उपाध्यक्ष हुँदै अहिले राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान दाङको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । कला संस्कृतिको उर्वभरभूमि, धेरै कलाकर्मी भएको जिल्लामा लोक तथा दोहरी गीत प्रतिष्ठानको सदस्यदेखि अध्यक्षसम्म निर्विरोधरुपमा नेतृत्व गर्ने अवसर पाउँदाको क्षण पनि मेरो जीवनको अर्को खुशीको क्षण हो ।
बाद्यवादनसँगै दाहाल अभियन क्षेत्रमा समेत क्रियाशील छन । उनले दर्जनौं सडक नाटक लेख्ने, खेल्नेसँगै निर्देशन गर्दै आएका छन् । बाल्यकालदेखि नै कला क्षेत्रमा लागेका दाहालले गाउँमा रहेको शान्ति सन्देश युवा क्लवको अध्यक्ष भएर नाटकसमेत देखाएका थिए । नाट्य क्षेत्रलाई सम्झँदा उनी करिब दश बर्ष पहिले देउखुरीको मटिरियामा देखाइएको सडक नाटकलाई सम्झन्छन् ।
जुन ठाउँमा नाटक देखाउँदा स्थानीय प्रभावित भएर समातेर नचाउँदै त्यो बेला ५ सय रुपैयाँ पुरस्कारसमेत दिएका थिए । त्यो क्षण मेरो खुशीको अर्को एउटा क्षण हो । त्यो सरसफाईसम्बन्धी सचेतनामूलक नाटक थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सहकार्यमा गंगा धिताल, जमुना धिताल, लालमणि सुवेदी, पोषण श्रेष्ठलगायतका सहकर्मीहरुसहित हामी उक्त ठाउँ पुगेका थियौं । दाहालले विभिन्न विषयमा एक दर्जन बढी सडक नाटकहरुको लेखन, निर्देशनसँगै अभिनयसमेत गरेका छन ।
२०४५ साल साउनको २ गते तत्कालीन हापुर गाविस हाल घोराही उपमहानगरपालिका-१२ मा पिता लेवेन्द्रप्रसाद दाहाल र माता सावित्रादेवी दाहालको कान्छो सन्तानका रुपमा जन्मिएका थिए । उनका दुई दाजुहरु र चार दिदीहरु रहेका छन् । माध्यमिक विद्यालय रतनपुर हापुरबाट औपचारिक शिक्षा सुरुवात गरेका दाहालले हाल घोराहीमा रहेको राप्ती शिक्षा क्याम्पसबाट स्नातकोत्तर तहको अध्ययन पूरा गर्ने तयारीमा छन् ।
लोक तथा दोहरी गीत प्रतिष्ठानसँगै दाहालले घोराही बजारमा संगीत सिक्न चाहनेहरुका लागि संगीत विद्यालयसमेत सञ्चालन गर्दै आएका छन् । देउखुरी निवासी संगीतकार राजेश क्षेत्रीको सहकार्यमा दुई बर्ष पहिले संगीत विद्यालय स्थापना गरेर गायक तथा बाद्ययन्त्रसम्वन्धी सम्पूणर् कक्षा सञ्चालन गर्दै आएका छन् । योसँगै दाहाल नेपाल सांस्कृतिक संघको जिल्ला सचिव, बाद्यबादन संघको महासचिवलगायतका विभिन्न संघसस्था आवद्ध रहेका छन् ।
प्रस्तुती : लिलाधर वली