Home / Feature Breaking news / आर्ट सिक्न नैनिताल…

आर्ट सिक्न नैनिताल…

लिलाधर वली
दाङ,१० फागुन । सानैदेखि आर्टप्रतिको रहर थियो । विद्यालयमा पनि सरहरुले पढाउदा मैले सरले पढाउदाकै चित्र कपीमा बनाउथे तर सरले पढ्न ध्यान दिदैनस भनेर पिट्नु हुन्थ्यो । तर मेरो ध्यान भने पढाई भन्दा चित्र बनाउने मै जान्थ्यो । चित्र बनाएकै कारण विद्यालयसँगै घरमा समेत धेरै गालीसँगै पिटाई खेप्नु परेको थियो घोराही उपमहानगरपालिका वडा नं.१४ स्थीत राजकमल शिलालेख एण्ड आर्ट सेन्टर खोलेर बसेका कमलप्रसाद रेग्मीलाई ।

उति बेला विद्यालयमा शिक्षकहरुले गरेको गाली र खाएको पिटाई खुशीका क्षणका रुपमा रहेका छन ।
उनी सम्झन्छन ‘एकदिन विद्यालयमा सरले पढाउदै थिए, तर मैले शिक्षकले पढाएको ध्यान दिईन र शिक्षकले पढाउदै गरेको चित्र कपीमा बनाए, त्यसपछि सरले मलाई किन पढाईमा ध्यान नदिर चित्र बनाएको भन्दै कुट्नु भयो ।’ तर मैले चित्र बनाउने, पेन्टीङ गर्ने काम छोडिन । स्कुलमा पनि बनाई रहे र घरमा पनि चित्र बनाउने र बनाएको चित्रमा रंग भर्ने काम गरिरहे । कहिले काही भने घर नजिकै रहेको सव्जी मण्डीमा गएर ढुङगामा चित्र बनाउने काम गरे । र, आज त्यही मेहनतले यहाँसम्म आईपुगेको छु ।
लेखिदिनहोला मेरो खुसी कला हो, चित्र हो, चित्रमा धेरै अभिव्यक्ति हुन्छन् । चित्र आफै सुचना हो, चित्र समाचार पनि हो, त्यसैले म अहिले जिविकोपार्जन गरीरहेको छ । कलाकारिता नभनिदिनुहोला, चित्रकारीता मेरो खुसी हो ।
आफुलाई आर्टप्रतिको रहरले गर्दा भारतमा सरकारी जागिरमा भर्ना भएपनि छोडिदिएं, किनकि मलाइ जागिर भन्दा प्यारो थियो, कलाकारीता । समय ठ्याक्कै थाहा भएन उनले भने ‘म भारतको बोर्डर सेकुरुटीमा फोर्समा भर्ना भएको थिए,तर म तालिममै नगएर राजस्थानवाट भागेर नैनीताल पुगे । त्यहाँ करिव तीन बर्ष होटेलको काम गर्दै आर्ट र पेन्टीङको काम गरेका थिए ।
‘नैनीताल बस्दा होटेलको काम गर्थे र बिदाको दिन आइतवार पेन्टीङको काम गरेका थिए । आर्ट पेसाप्रतिको आफनो लगावका कारण आफु भागेर नैनीताल पुगेको दिन पनि उनलाई अविष्मरणी क्षणका रुपमा रहेको छ । सयद फोर्समा जागिर खाएको भए पैसा कमाउन सकेको भएपनि नाम कमाउन सक्ने थिईन उनी भन्छन । उनको मस्तीस्क अहिले पनि पैसा भन्दा पनि कलामा केन्द्रित छ, तैपनि उनले पैसा छाप्न भने ध्यान पुराएनन्, कलामा रमाउंछन्, कला गाउंछन्, कला बजाउंछन्, अनि सपनामा पनि उनी कला बुन्छन् ।
उनी नेपालमा भने विसं २०५१ ्र०५२ सालमा आएका थिए । दाङको बिजौरीवाट विवाह गरेपनि उनी केही समय दाङमा बसेको बताउछन । घोराहीमा रहेका अमिता आर्ट,गणेश आर्ट र डायमण्ड आटलगाएतमा काम गरेको थिए । ‘एउटामा मात्र काम गर्नेभन्दा पनि कहाँ कामको आवश्यकता छ,त्यहीवाट मलाई बोलाउनु हुन्थ्यो र म गएर काम गर्थे, त्यही क्रममा एक दिन घोराहीको गोर्खा बोर्डिङ स्कुलमा काम गर्न गएको थिए, त्यहाँ मैले गरेको काम देखेपछि विद्यालयका फाउण्डर जंगबहादुर पुनले आफुलाई अन्त काम गर्नुभन्दा आफै खोल्न सल्लाह दिनुभएको थियो । त्यस्तै धेरैको प्रेरणाका कारण आफुले करिव १३ बर्षपहिलेदेखि घोराहीको आर्ट तथा शिलालेख लेखनी सम्वन्धी सेन्टर खोलेरकाम गर्दै आएको बताए ।
जसमा आफुलाई प्युठानको स्वर्गद्धारी आश्रमको पार्कमा बनाएको आर्टले सन्तुष्ट बनाउने गरेको बताउछन । ‘जुन आर्ट अहिले पनि म गएको बेला हेर्छु, मैले लेखेका अक्षरहरु र कलसका चित्रहरु ताजै जस्तो लाग्छ ,आत्मसन्तुष्टि हुन्छ’ रेग्मी बताउछन् । करिव २२ ्र२३ बर्षको उमेरमा धेरै आर्टदेखि शिलालेखनको काम गर्दै आएका कमलप्रसाद रेग्मी २०२५ सालमाघ २ गते बुबा प्रेमलाल रेग्मी र आमा रमादेवी रेग्मीको कोखवाट भारतको राजस्थानमा जन्मीएका थिए ।
बाल्यकालसँगै १२ सम्म राजस्थानमै अध्ययन गरेका थिए । नेपालको प्युठान जिल्लामा पुर्खेउली घर भएपनि बुबाको भारतमै सरकारी जागिर गर्ने भएका कारण आफनो परिवार भारतमै बस्दै आएका बताउछन । अहिले पनि उनका बुबाआमासँगै भाईको परिवार राजस्थानमा बस्ने गरेको छ । तर उनले भने २०५१ तिर दाङ बिजौरीवाट विबाह गरेदेखि दाङमा बस्दै आएका छन । विचमा केही समय राजस्थान गएको भएपनि पुन नेपालमा आएर शिलालेख लेखनीको क्षेत्रमा सक्रिय रहेको बताए । उनी भन्छन म राप्तीकै पहिलो शिलालेख लेख्ने मानिस भएको समेत बताए ।
सुरुको समयमा घोराही तुलसीपुरचोकको महरा पेट्रोल पम्पदेखि पश्च्मितिर पसल राखेर काम गरेको भएपनि पछिल्लो समय आफनै घरमा काम गर्ने गरेको बताए । व्यवसाय सुरु गर्नुभन्दा केही समय पहिले उनले घोराहीको हातोमालो महिला उद्यमी सहकारी सस्थाले उत्पादन गर्ने पाउरोटी बेच्न काम गरेको बताउछन ।‘विवाह गरेपछि भारतभन्दा नेपालमै बस्न मन लाग्यो,तर के काम गर्ने भन्ने समस्या भयो’,उनी सम्झन्छन,‘आर्टको काम जानेको भएपनि पैसा नहुदा कसरी गर्ने भन्ने समस्या थियो,त्यसैले सुरुमा पाउरोटी बेच्ने काम गर्न सुरु गरे ।’ उनले करिव दुई बर्ष पाउरोटी बेचेका थिए ।

साईकिलमा पाउरोटी राखेर बजारसँगै गाउँगाउँसम्म बेच्न जान्थे । भर्खर भारतवाट नेपालमा आएको हुनाले नेपालीभन्दा हिन्दी धेरै आउथ्यो त्यसैले पनि अधिकांस मानिसहरुले देशी भनेर बोलाउने गरेको उनलाई सम्झना अहिले पनि ताजै छ ।
त्यही बेला मैले कतिका पसलहरुका नाम लेखिदिएको थियो । मैले आर्टको काम जानेको छु भन्दा कसैले पत्याउदैन थिए तर मैले लेखिसकेपछि भने मानिसहरु अचम्म पर्थे । पाउरोटी बेच्दा बेच्दै मैले कहिले काही आर्टको काम गर्न थालेको हुनाले विस्तारै अरुले चिन्दै गए । त्यसपछि मलाई कि पाउरोटी बेच्ने काम गर्नुपर्ने थियो भने कि आर्टको काम । दुई वटालाई संघसँगै लग्न नसकिने भएपछि मैले पाउरोटी बेच्ने काम छोडेर शिलालेखसँगै आर्टको काम सुरु गरेको हु अहिले आफनो कामवाट सन्तुष्ट छु ।

kama;
पाँच सयको छिना,चार वटा ब्रस,चार वटा रङका डिव्वाहरुवाट व्यवसाय सुरु गरेको उनी बताउछन । त्यहीवाट सुरु गरेको व्यवसाय यहाँसम्म आएको छ, यहि व्यवसायले परिवार पाल्नेदेखि बच्चाबच्चीहरुलाई पठाउने काम गर्दै आएको छु उनी बताउछन । पछिल्लो समय डिजिटल प्रविधिका कारण व्यवसायमा कमी आएको बताए । उनी कहाँ दाङका विभिन्न स्थानसँगै मानिसहरुसँगै सल्यान,रोल्पा,रुकुम,प्युठानसँगै अन्य जिल्लाहरुवाट समेत मानिसहरु शिलालेख लेखाउन आउने गरेका छन । शिलालेखमा लेखेबाफत मार्वलको स्तर अनुसार प्रति शव्द दश रुपैया लिने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*