Home / Feature Breaking news / सात महिनामा २७ जना लागुऔषध कारोवारी प्रक्राउ

सात महिनामा २७ जना लागुऔषध कारोवारी प्रक्राउ

लिलाधर वली

दाङ,८ फागुन । दाङलाई ‘केन्द्र’ बनाएर लागुऔषध कारोवार गर्नेको सख्या बढ्दै गएको छ । खुला सिमा र अन्य कारणले लागुऔषधका प्रयोगसँगै कारोवारी समेत बढेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चरेश, ब्राउनसुगर, अफिम, गाजाको सेवनसँगै दाङलाई केन्द्र बनाएर ओसारपसार हुने गरेको छ । प्रहरीको तथ्याङक अनुसार यस आर्थिक बर्ष २०७४÷०७५को सात महिनाको अवधिमा जिल्लाका विभिन्न स्थापनावाट ४० केजी बढि लागुऔषधसहित २७ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा २४ पुरुषसहित तीन महिलाहरु रहेको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिृकत गोपीकृष्ण सुवेदीले वताए । सवैभन्दा धेरै ३६ केजी चरेश प्रहरीले यस आर्थिक बर्षमा पक्राउ गरेको छ । चरेशसहित प्रहरीले घोराही उपमहानगरपालिका–१७ चौघेरा निवासी सुमित्रा शर्माको घरमा डेरागरि बस्ने रोल्पा जिल्ला थवाङ गाउपालिका निवासी मुलमान घर्ती र रुकुम जिल्ला भुमे गाउपालिकाका निवासी जल्कु बढा रहेको अनुसन्धान अधिृत सुवेदीले वताए । गोप्य सुचनाका आधारमा प्रहरीले उनीहरुलाई केही दिन अघि पक्राउ गरेको थियो ।

त्यससँगै प्रहरीले यसआर्थिक बर्ष चार केजी गाजा,१२ ग्राम ३ सय ४० मिलीग्राम ब्राउन सुगर पक्राउ गरि लागुऔषध कारोवार मुद्धामा अभियुक्तहरुलाई दाङ देउखुरी जिल्ला अदालतमा मुद्धा दर्ता गरेर कारवार्ही प्रक्रिया अघि बढाएको छ । लागुऔषधसँगै लागुऔषधको कारोवार गर्ने अभियुक्तहरु पक्राउ परेपनि अधिकांसले विक्रि वितरण गर्ने बताएको प्रहरीको दावी छ ।

‘अहिलेसम्मको तथ्याङलाई हेर्दा दाङलाई केन्द्र बनाएर लागुऔषध कारोवार गर्ने गिरोह सक्रिय देखिन्छ,’अनुसन्धान अधिकृत सुवेदीले भने ‘दाङसहित राप्तीका पहाडी जिल्लाहरु सल्यान,रोल्पा,रुकुमलगायततवाट आगुऔषध संकलन गर्ने र भारतसम्म पु¥याउने गरेको अनुसन्धानले देखाउछ ।’ प्रहरीका यसबर्षका १५ मुद्धाहरुमा ११ वटा विक्रिवितरण, ३ वटा ओसार पसार र एक वटा खेती गर्ने रहेको छ । लागुऔषध कारोवारमा अधिकांस युवाहरु संलग्न रहने गरेको प्रहरीले बताएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयले गत आर्थिक बर्ष २०७३÷०७४ मा १७ मुद्धामा २२ केजी १७ ग्राम १ सय १६ मिलीग्राम आगुऔषधसहित २३ जनालाई प्रक्राउ परेको छ । प्रक्राउ परेको लागु औषधमा १४ केजी चरेश,आठ केजी गाजा र १७ ग्राम १ सय १६ मिलीग्राम ब्राउनसुगर थियो । प्रहरीले गत वर्ष दुई जना महिला र २१ जना पुरुष पक्राउ परेका थिए ।

त्यस्तै आर्थिक बर्ष २०७२ ÷०७३ मा १९ वटा मुद्धाहरुमा २० केजी ३२ ग्राम ९४५ मिलीग्राम आगुऔषध पक्राउ गरेको छ । प्रक्राउ परेको लागु औषमा १३ केजी चरेश,सात केजी गाजा र १७ ग्राम ९ सय ४५ मिलीग्राम ब्राउनसुगर रहेको अनुसन्धान अधिकृत सुवेदीले बताए । प्रहरीले आर्थिक बर्ष २०७१ ÷०७२मा पनि ७५ केजी ६३ ग्राम ३५० मिलीग्रामआगुऔषधसहित ४५ कारोवारीहरुलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*