Home / Feature Breaking news / दाङ उवासंघले विविध कार्यक्रम गरि स्थापना दिवस मनाउने

दाङ उवासंघले विविध कार्यक्रम गरि स्थापना दिवस मनाउने

दाङ, १ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले स्थापना भएको ५० वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । स्थापनाको दिवसको अवसरमा फुटवल प्रतियोगीता, मोटर साइकल तथा स्कुटी स्लो प्रतियोगीता, हाजिरी जवाफ, व्याडमिन्टीन, कुर्सी दौड, रक्तदान, चेस प्रतियोगीता तथा सरसफाइ कार्यक्रम गरिने भएको छ ।

संघका वस्तुगत समितीका संयोजक टंकसिह वुढाथोकीको अध्यक्षतामा वसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रतियोगीता सञ्चालनका लागि विभिन्न उप समिती समेत गठन गरेको छ । जस अन्र्तगत फुटवल प्रतियोगीता सञ्चालनका लागि मिनराज भाट, विकास वली, दिनानाथ शर्मा, निमवहादुर वुढाथोकी र माधव खनाल रहेको उप समिती गठन गरेको छ ।

स्लो वाइक तथा स्कुटी प्रतियोगीताका लागि पिताम्वर शर्मा, ओमप्रकास पोख्रेल, सािलकराम खनाल, अमर भुसाल र शकर अधिकारी सदस्य रहेको समिती गठन गरिएको छ । हाजिरी जवाफ प्रतियोगीताका लागि महेन्द्र वुढाथोकी, खेमराज घिमिरे, लुमवहादुर रावत, इश्वर वुढा मगरर, रत्नराज वञ्जनरा रहेको समिती चयन गरिएको छ ।

त्यसैगरेर व्याडमिटन प्रतियोगीता सञ्चालनका लागि शुसिल पोख्रेल, नवराजराज भण्डारी, दिपक पाण्डे, श्रीधर धिताल, सञ्जीव श्रेष्ठ रहेको समिती गठन गरिएको छ । कुर्सीदौड प्रतियोगीताका लागि मिनराज भाट दामोदर केसी, शक्ति पौडेल विनोद पाण्डे, चन्द्रन भण्डारी रहेको समिती चयन गरिएको छ । रक्तदानका लागि शुसिल पोख्रेल, जगत आचार्य, दामोदर गौतम, रत्नराम वन्जाडे, मनवहादुर वुढाथोकी, विमल थापा सदस्य रहेको समिती गठन गरेको छ । सरसफाइका लागि मिनराज भाट, दामोदर गौतम, देवबहादुर वस्नेत, सालिकराम खनाल, मनोज गुप्ता, सकेल अहमत, अमर भुषाल प्रकास रेग्मी रहेको समिती वनाइएको ।

चेस प्रतियोगीता सञ्चालनका लागि महेन्द्र वुढाथोकी शसिधर वली, विकास वली, ओमप्रकास पोख्रेल रहअ‍ेको समिती रहेको छ । प्रतियोगीतामा सहभागिहुनका लागि यही फागुन ८ गते सम्म सम्वन्धीत खेलाडीहरुले निवेदन, एक पति फोटो सहित सम्पर्क राख्न समेत संघले आग्रह गरेको छ । गएको पुस मसान्त सम्म नविकरण गरेको प्रमाण पत्रको फोटो कपी हुनु पर्नेसंघले जनाएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवस आउदो चैत ९ गते हुदैछ । संघ २०२७ सालमा स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*