Home / समाचार / सिसा सगुनको आठौँ साधारणसभा सम्पन्न

सिसा सगुनको आठौँ साधारणसभा सम्पन्न

दाङ,४  असोज । दाङको घोराहीमा रहेको साविकको सिसा सगुन बचत तथा ऋण सहकारी संस्था हालको कलश बचत तथा ऋण सहकारी संस्था लिको आठौं बार्षिक साधारण सभा शनिवार घोराहीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा सहकारी संस्थाका जेष्ठ सदस्य युबनकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा नयाँ ब्यवस्थापनको पछिल्लो पाँच बर्षमा भए गरेका गतिविधिका बारेमा विस्तृत रुपमा छलफल गरिएको थियो । साधारणसभाले आगामी ५ वर्षमा गर्ने पञ्चबर्षे योजना समेत तयार पारेको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष बालचन्द्र शर्माले हालसम्म गरेका गतिबिधि र आगामी ५ बर्षे भावी योजना प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका कोषाध्याक्ष नवराज भण्डारीले संस्थाले ३९ करोड ४२ लाख ८५ हजार बराबरको आर्थिक कारोवार गरेको जानकारी गराउनु भएको थियो । उहाँले संस्थाको कुल सम्पत्ती ११ करोड ५७ लाख ८९ हजार रहेको जानकारी गराउनु भएको थियो । संस्थाका लेखा सुपेरिवेक्षण संयोजक केशव रिजालले संस्थाले गरेका आर्थिक कृयाकलापका बारेमा जानकारी गराउनु भएको थियो ।

sarbasadharan

संस्थामा ६ सय ५४ शेयर सदस्य रहेका छन । शेयर सदस्य मध्ये अधिकाँम्स युवाहरु रहेका छन । कार्यक्रममा बचतमा हर्जाना नर्तिर्ने मध्ये जेष्ठतका आधारमा १३ जनालाई,ऋणमा हर्जाना नर्तिने मध्ये जेष्ठताका आधारमा ११ जनालाई, संस्था ब्यवस्थापनमा सहयोग गर्ने ३ जनालाई, संस्थामा बढी शेयर सदस्य बनाउने ९ जनालाई, दोब्वर भुक्तानी बाल बचतमा नियमित सवैभन्दा धेरै बचत भएका बालबालिकाह मध्ये ८ जनालाई र कर्मचारीहरु मध्ये संस्थाकी ऋण सहायक कृष्णा खनालालाई प्रमाणपत्रले सम्मान गरिएको छ ।

संस्थाका उपाध्याक्ष नविनकुमार पाण्डेयको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सल्लाहकार गिरिराज शर्मा, शेयर सदस्य गिरबहादुरर महरा लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । संस्थाका ब्यवस्थापन प्रमुख शिवराज खनालले विषय प्रवेश गराउनु भएको कार्यक्रमका सहजिकरण संस्थाका सचिव बिमल योगीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*