Home / Feature Breaking news / मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

दाङ,४ असोज । दाङमा मोटरसाइकल दुर्घटनामा परि दुई जना युवाको मृत्यु भएको छ । शुक्रवार राती साढे ११ बजेतिर घोराही उपमहानगरपालिका–९ घोराही–तुलसीपुर सडक खण्डको बुकालीडाडाँ भएको दुर्घटनामा मोटरसाईकल चालक घोराही उपमहमानगरपालिका– ९ निवासी २५ वर्षीय मनोज विक र मोटसाईकलमा सवार घोराही–५ डागीगाँउ निवासी २५ बर्षीय दिपक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सिमेन्टको पिलरमा ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको घोराहीमा रहेो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*