Home / Feature Breaking news / सरकार संविधान विपरित हिड्योः कांग्रेस

सरकार संविधान विपरित हिड्योः कांग्रेस

सुवास डिसी
तुलसीपुर, ३ असोज । नेपाली कांग्रेसका नेताहरुले दुई तिहाईको कम्युनिष्ट सरकार संविधान विपरित अघि वढिरहेको वताएका छन् । चौथो संविधान दिवशको अवसरमा नेपाली कांग्रेस दाङ क्षेत्र नम्वर ३ ख ले शुक्रवार पश्चिम श्रीगांँउमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्ने कांग्रेस नेताहरुले मन्त्रिपरिषद्ले गरेका निर्णय अख्तीयारले हेर्न नपाउने सरकारको निर्णय संविधान विपरित रहेको वताएका हुन् । साथै उनीहरुले केपी ओली नेतृत्वको सरकारका क्रियाकलाप हेर्दा नेकपा अहिलेको व्यवस्था तुहाउने षड्यन्त्रमा लागेको समेत दावी गरे ।

janta

क्षेत्र नम्वर ३ ख का सभापति खिमबहादुर वलीको सभापतित्वमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि ५ नम्वर प्रदेशका लेखा समिति सभापति डिल्ली बहादुर चौधरीले सरकारले संविधानका मुल्य मान्यतालाई कुल्चदै सरकार अघि वढ्नु दुंखद रहेको बताउनुभयो । पूर्व श्रम तथा रोजगार राज्यमन्त्री समेत रहेका चौधरीले वर्तमान सरकारले आफ्ना कार्यकर्ता वाहेक देश र जनताको समृद्धि ल्याउन नसक्ने समेत ठोकुवा गर्नुभयो ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि मोहन बरालले वर्तमान सरकारको मनपरि तन्त्रले अहिलेको व्यवस्था धरापमा पार्ने सत्ताधारीहरुको प्रपञ्च हुन सक्ने आशंका व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका पुर्व सांसद बरालले सरकार स्वयम् मैमत्ता भएर भ्रष्टाचारमा लिप्त भएकै कारण अहिलेको व्यवस्थाप्रति नकारात्मक सन्देश गईरहेकाले तत्काल सरकार नसच्चिए समय भन्दा पहिले सरकार ढल्न सक्ने चेतावनी समेत दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव शंकरप्रसाद डांँगीले कम्युनिष्टहरुले मत्ता बघिनिको शैलीमा योजनावद्ध रुपमा आक्रमणमा उत्रिएको भन्दै मत्ता बघिनिकाद्धरा भाच्न नेपाली कांग्रेस एकताका साथ तयार रहेको समेत टिप्पणी गर्नुभयो । कांग्रेस महासमिति सदस्य केशव आचार्यले कम्युनिष्ट सरकारले यत्रतत्र निरासा वाहेक अरु कुनै उपलव्धी हासिल गर्न नसकेको तर्क गर्दै सरकारलाई सहि वाटोमा हिडाउन पनि उप निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी वनाउनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै अर्का महासमिति सदस्य खिमप्रसाद खरालले नेपाली कांग्रेसको नेतृत्वमा जारि भएको संविधानको रक्षा गर्ने दायीत्व पनि नेपाली कांग्रेसकै रहेको तर्क गर्नुभयो । यस्तै महाधिवेशन प्रतिनिधि फल्कुदत्त भण्डारीले अर्को निर्वाचनपछि नेपाली कांग्रेसको सरकार वन्ने र देशलाई समृद्धि तर्फ अघि वढाउने धारणा राख्नु भयो ।

कार्यक्रममा दंगिशरण गाउपालिकाकी उपाध्यक्ष पिमा खड्का, नेपाली कांग्रेसका जिल्ला सदस्य यज्ञ नारायण आचार्य, पुर्व महाधिवेशन प्रतिनिधि घनश्याम सेर्पाईली, टरिगाउ गाविसका पुर्व उपाध्यक्ष रेशम वहादुर भण्डारी, शान्तिनगर गाउपालिका वडा नम्वर ६ का अध्यक्ष रवि वुढाथोकी, जिपि फाउण्डेशन दंगिशरण गाउपालिकाका संयोजक शम्भु गिरी, शान्तिनगर संयोजक नरेश डांगी, नेपाल शिक्षक संघका प्रदेश सदस्य राम वहादुर केसी, ट्रेड युनियन कांग्रेसका जिल्ला उपाध्यक्ष पुर्ण वहादुर केसी, नेपाली कांग्रेस साविक हेकुलीका ईकाइ सभापति शोभाखर न्यौपाने, कांग्रेस नेतृ पद्मा चौधरी, नेविसंघका नेता नविन योगी, दलित युवा नेता मेघराज सोनी लगायतले पुर्व सभापति तथा पुर्व प्रधानमन्त्रि स्व।सुसिल कोईरालाको नेतृत्वमा संविधान जारि भएकै कारण सवै अधिकार सम्पन्न भएको वताउनु भएको थियो ।

नेपाली कांग्रेसका क्षेत्रिय कोषाध्यक्ष भद्र खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा क्षेत्रिय सचिव गोविन्द घिमिरेले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण क्षेत्रिय सचिव चुडामणी ढकालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*