दाङ, १२ फागुन । नेपाली काग्रेसका नेताहरुले लोकतान्त्रिक सविधान र अहिलेको व्यवस्थाको जग स्वर्गीय गिरिजाप्रसाद कोइराला भएको बताएका छन । गिरिजाप्रसाद कोइराला फाउण्डेशन दाङले घोराहीमा आयोजना गरेको शान्ति प्रक्रिायामा गिरिजाप्रसाद कोइरालाको योगदान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले तानाशाही राजतन्त्रको अन्त्य गर्दै नेपालमा लोकतान्त्रिक संविधान निर्माणसँगै अहिलेको व्यवस्था ल्याउन गिरिजाप्रसाद कोइरालाको अतुलनिय योगदान रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेसका महामन्त्री डा. सशांक कोइरालाले दुई तिहाइको सरकारले नयाँ कुनै योजना ल्याउन नसकेको बताए । दुई तिहाइको सरकारले कुनै नयाँ योजना ल्याउन नसकेको उनले बताए । सरकारले नेपालमा धेरै सम्भावन भएपनि त्यसको सदुपयोग हुन नसकेको उनको भनाइ रहेको छ । नेपाली काग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले अहिलेको सरकारको क्रियाकलापले देशमा लोकतन्त्र छकि छैन भन्ने अवस्था सृजना भएको बताए । प्रधानमन्त्रि केपी शर्मा ओलीले नैतिक आधारमा राजनीतिमा दिनुपर्ने कोइरालाले बताए । सेक्युरिटी प्रिंटिङ प्रेस काण्डका बारेमा निष्पक्ष छानविन गर्न समेत उनले माग गरे ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, नेपाली कागेंसका केन्द्रीय सदस्य गगन थापा, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, सम्मानित व्यक्ति शोभाराम वस्नेत, पुर्व केन्द्रीय सदस्य डिल्लीप्रसाद रेग्मी, नेपाली कांग्रेस रोल्पा जिल्ला सभापती अमरसिंह पुन, नेका दाङ जिल्ला सभापती किर्तीवहादुर खड्का, अर्घाखाची जिल्ला सभापती विष्णु मुस्कान, प्रदेश सभा सदस्य डिल्लीवहादुर चौधरी, फाउण्डेसनका प्रदेश नं ५ का संयोजक डा गोविन्द्र पोख्रेल लगाएतकाले भनाइ राखेका थिए ।
गिरिजाप्रसाद कोइराला फाउण्डेसन दाङका अध्यक्ष खगराज पाण्डेको स्वागत मन्तव्य वाट सुर भएको कार्यक्रममा नेपाली काग्रेसका नेता शोभाकर पराजुलीले शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको योगदान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि प्रेस स्वतन्त्र सेनानी सुशील गौतम र नारायण नेपालले टिप्पणी गरेका थिए । कार्यक्रममा तिलकबहादुर डागी, छविकुमार देवकोटा,तीर्थराज चैतु, भीमकान्त दाहाल र शोभाराम भण्डारीलाई सम्मान गरिएको थियो ।