Home / Feature Breaking news / मेयरकप भलिवलको उपाधिःपुरुषतर्फको तुलसीपुर र महिलातर्फ दंगीशरणलाई

मेयरकप भलिवलको उपाधिःपुरुषतर्फको तुलसीपुर र महिलातर्फ दंगीशरणलाई

तुलसीपुर,१३ माघ । दाङ जिल्ला पालिका स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७५ को पुरुष तर्फको उपाधी तुलसिपुर उपमहानगरपालिकाले चुमेको छ ।
तुलसिपुर उपमहानगरपालिकाका को आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा राप्ती गाउँपालिकालाई २३–२५,१९–२५,२५–१९,२५–१९ र १५–९ को सेट अर्थात डिसाईडेट गेममा पराजित गर्दै तुलसिपुर उपमहानगरले उपाधी उचालेको हो ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा भएको फाइनल खेलमा शसक्त र शानदार प्रदर्शन गरेका दुबै टिम बिचको खेल दुई दुई सेटको बराबरि भएपछी खेल डिसाइडेटमा पुगेको थियो ।

कडा प्रतिस्पर्धाका बिच सानदार जित निकालेको तुलसिपुरले उपाधी सगै नगद ७५ हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै फाईनलमा पराजित राप्ती गाउँपालिका उपविजेतामा जित्त बुझाउदै नगद ५० हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो भने घोराही उपमहानगर पालिकाले तृतिय स्थान हात पार्दै नगद ३० हजार ट्रफी,मेडल,प्रमाणपत्र हात र्पायो ।

d

यसअघि सनिवार सम्पन्न महिला तर्फको भलिबलको उपाधी दङिशरण गाउँपालिकाले हात पारेको थियो । त्यस्तै उपबिजेता र तृतीय स्थान क्रमशः शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाले हात पारेको प्रतियोगिताका प्रचारप्रसार सयोजक लक्ष्मण बस्नेतले जानकारी दिएका छ्न । माघ १० गते देखि सुरु प्रतियोगितामा दाङ जिल्लाका १० स्थानीय तह मध्य ७ को मात्र सहभागिता रहेको थियो । जसमध्ये पुरुष तर्फ ७ र महिला तर्फ ४ टिम रहेका थिए ।

यसैबीच प्रतियोगिताको समापन समारोह मेयर कप खेलकुद प्रतियोगिता संचालन समितिका सयोजक अमर नेपाली माईकलको अध्यक्षता तथा प्रतिनिधि सभाका सासद माननीय हिरा चन्द्र केसिको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको बिशिस्ट आतिथ्यमा भएको थियो ! सामापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी माननीय हिराचन्द्र केसिले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव रहेको बताए । साथै उनले खेलकुदलाई स्थानिय निकायले हेर्ने दृष्टीकोणमा सुधार आएको बताएका थिए ।

ha

विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्ने र राज्यको स्पष्ट लगानी भए खेलकुद क्षेत्रले अपेक्षाकृत फड्को मार्नेकेसीको भनाई रहेको थियो ।
तुलसीपुरका मेयर पाण्डेले व्यवसायीक खेलकुद अबको गन्तव्य भएकाले दाङको समृद्धी र पहिचानको रुपमा खेलकुदको विकास गर्नु पर्ने बताएका थिए । अवको खेलकुद दाङको पहिचान र गरिमालाई उच्च राख्ने खालको बन्छ, यसका लागि यहाँहरु सबैको उत्तिकै भुमिका आवश्यक छ उनको भनाई थियो ।

खेलकुद राष्ट्रको शान र गौरवलाई उच्च राख्ने एक मात्र दरिलो माध्यम हो, यसको अपरिहार्यता हामीले बुझेका छौ अव हाम्रो मिशन तुलसीपुरलाई खेलकुदको शहरका रुपमा स्थापीत भएको बताएका थिए ।

तुलसिपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिपक कुमालले संचालन गरेको कार्यक्रममा पुरुष तर्फको उत्कृष्ट खेलाडी तुलसिपुर उपमहानगरपालिका ओमप्रकाश मल्ल र महिलातर्फ दङिशरण गाउँपालिकाकी अन्जना बुढाथोकी र उदयमान खेलाडी शान्तिनगर गाउँपालिकाकी मोनिका बिष्टलाई घोशित गरिएको थियो । त्यस अबसरमा खेलकुद पत्रकारिता क्षेत्रमा कलम चलाएको भन्दै पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*