Home / Feature Breaking news / तुलसीपुरको मेयरमा एमालेका खड्काले उछिने गठबन्धनका गिरीलाई

तुलसीपुरको मेयरमा एमालेका खड्काले उछिने गठबन्धनका गिरीलाई

दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार टीकाराम खड्काले सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई उछिनेका छन् ।

शुक्रबार दिउँसो चार बजेसम्म २१ हजार ९३ मत गणना हुँदा खड्काले ८ हजार ७ सय ७२ मत प्राप्त गरेका छन्। गठबन्धनबाट कांग्रेसका गिरीले ८ हजार ७१५ मत पाएका छन्। खड्का ५७ मतले अगाडि बढेका छन्।

त्यस्तै उपमेयरमा पनि  एमालेकी  श्यानी चौधरीले ८ हजार १६० मतसहित अग्रता कायमै राखेकी छन्। उनलाई सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ६ हजार ७३३ मत प्राप्त गरेका छन्। चौधरी १४२७ मतले अगाडि छिन् ।

कांग्रेसको बलियो पकड मानिने तुलसीपुरका ६ र ७ नम्बर वडाबाट कांग्रेसका गिरीलाई कम मत आएको देखिएको छ।

१९ वडा रहेको तुलसीपुरमा अहिले वडा नं. ३, ६ र ७ नम्बर वडाहरुमा गणना चलिरहेको छ । तुलसीपुर वडा नं. १ र ४ गठबन्धनबाट माओवादी केन्द्र, २ मा नेकपा एमाले र वडा नम्बर ५ मा नेपाली कांग्रेसले मेयर पद जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*