Home / Feature Breaking news / सुपथ मुल्य पसलवाट २९ लाख बढिको कारोवार

सुपथ मुल्य पसलवाट २९ लाख बढिको कारोवार

घोराही,२५ असोज ।

चाड पर्वहरुलाई लक्षित गर्दै साल्ट टेड्रिङकर्पोरेशन लिमिटेड दाङ शाखाले सञ्चाल गरेको सुपथ मुल्यको पसलवाट करिव एक महिनाको अवधिमा २९ लाख बढि मुल्य बराबरको चिनी र नुन विक्रि भएको छ ।

नेपालीहरुको ठुला पर्वहरु दशै, तिहार र छठ पर्वलाई मध्य नजर गर्दै गत भाद्र १६ गतेदेखि सञ्चालन भएको पसलवाट असोजको २३ गतेसम्म चिनी र नुन २९ लाख ४१ ्हजार दुईृ सय ५० मुल्यको विक्रि भएको साल्ट टेड्रिङकर्पोरेशन लिमिटेडका दाङ शाखाका प्रमुख आनन्दकुमार न्यौपानेले जानकरी दिनुभएको छ । जसमा २४ लाख ४१ हजार दुई सय ५० रुपैयाको तीन सय १५ क्यूनटल चिनी र पाँच लाख दुई हजार दुई सयको दुई सय ७९ क्यून्टल नुन विक्रि गरेको उहाँले बताउनुभयो । कार्यालयले विगतका बर्षहरु सर्वसाधान नागरिकहरुलाई सहुलियतमा चिनी र नुन प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको पसलवाट हिजो आज दैनिक तीन जनासम्म चिनी तथा नुन किन्न मानिसहरु आउने गरेको न्यौपानेले बताउनुभयो ।

दशै अगामी सामान किन्नलाई खास्सै मानिसहरु नआउने गरेपनि दशै सकिएपछि तिहारसँगै घरखर्चका लागि सर्वसाधरणहरुको भिड लाग्ने गरेको उनले बताए । कार्यालयले आफ्नै कार्यालयमा सञ्चालन गरेको पसलमा बजारमा मुल्य भन्दा कममा चिनी र नुन दिने भएका कारण पनि धेरै मानिसहरु आउने गरेको साल्ट टे«डिङ कर्पोरेशन दाङ शाखाले जनाएको हो ।सपथ मुल्यको पसलमा बजार भाउँ भन्दा सस्तो चिनी प्रतिकेजी ७७ रुपैया ५० पैसा र नुन प्रतिकेजी १८ रुपैयाका दरले विक्रि गर्ने गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो । तर बजारमा चिनीको मुल्य प्रतिकेजी ९० रुपैया र नुन प्रतिकेजी २२ देखि २५ रुपैयाम्म विक्रि हुने गरेको छ ।

सुपथ मुल्यको पसलवाट प्रतिव्यक्ति चिनी र नुन छ ्रछ केजीका दरले प्राप्त गर्न सक्ने कार्यालयले जनाएको छ । सुपथ मुल्यको पसल शनिवार र सार्वजनिक विदाका दिन पसल बन्द हुने गरेको शाखाले जनाएको छ । पसल यहि कार्तिक नौ गतेसम्म सञ्चालन हुने भएको छ ।
सवसाधारण जनाहरुले भने कार्यालयले घोराहीवाट मात्र नभएर जिल्लाका अन्न स्थानवाट समेत सपथ मुल्यको पसल सचालन गरेर सेवा दिनुपर्ने माग गर्दै आएका छन । घोराहीमा मात्र सुपथ मुल्यको पसल सञ्चालन गर्दा तुलसीपुर,देउखुरीलगायतका क्षेत्रका मानिसहरुले सेवा लिन नपाएको गुनासो गर्ने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*