Home / Feature Breaking news / राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने भएपछि दंगालीमा खुशीयाली(ठाँउ–ठाँउमा दिपावली)

राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने भएपछि दंगालीमा खुशीयाली(ठाँउ–ठाँउमा दिपावली)

घोराही, २४ असोज

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयक व्यवस्थापीका सांसदबाट पारित भएसँगै दंगालीले खुशीयाली मनाएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न बनेको विधेयक व्यवस्थापिका–संसदबाट मंगलवार पारित भएसँगै दंगालीहरुमा खुशीयाली छाएको हो ।

खुशीयालीमा मंगलवार बेलुकी अस्पताल विकास समितिले दिप प्रज्वलन गरेर सरकारको निर्णयको स्वागत गर्दै खुशीयाली मनाएको छ । जसमा राजनितिक दलका प्रतिनीधीहरु, सामाजिक संघसंस्थाका प्रतिनिधी एवं जिल्लाबासीहरुको उपस्थिति रहेको थियो ।

त्यस अवसरमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष शंकरसिंह थापाले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनकालागि पहल गर्ने राजनितिक दल, नेता, पत्रकार लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । यस्तै अस्पतालका मे.सु जनार्दन पन्थीले स्वास्थ्य विज्ञान प्रतिष्ठानबारे जानकारी गराउनुभयो ।

यस्तै दाङ जिल्ला उद्योग वणिज्य संघले पनि दिप प्रज्वलन गरेर सरकारको निर्णयको स्वागत गरेको छ । संघको कार्यालय परिसरमा दिप प्रज्वलन गरेको थियो ।

त्यस अवसरमा लामो समयदेखी वाणिज्य संघले पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनकालागि बारम्वार पहल गरेको बताउदै एउटा मिसन पुरा भएको बताउनुभयो ।

यस्तै गौतम विकास टोल विकास संस्था, अस्पताल टोल विकास संस्थाल पनि मंगलवार बेलुकी दिप प्रज्वलन गरेका थिए । यस्तै घोराही बजारमा विभिन्न क्षेत्रमा दिपावली समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*