Home / Feature Breaking news / दाङको विकट गाँउ हांसीपुरमा निशुल्क स्वास्थ शिविरः धेरैजसो महिलाहरुमा स्वास्थ्य समस्या (तस्वीरहरु)

दाङको विकट गाँउ हांसीपुरमा निशुल्क स्वास्थ शिविरः धेरैजसो महिलाहरुमा स्वास्थ्य समस्या (तस्वीरहरु)

दाङ, १४ माघ ।

दाङ विकट क्षेत्र बगलाचुली गाउँपालिका–८ हांसीपुरमा महिलाहरुका लागि निशुल्क प्रजनन स्वास्थ शिविर गरिएको छ । निशुल्क प्रजनन स्वास्थ शिविरमा १६ वर्षीय किशोरी आमादेखि ५५ वर्षका महिलाहरुले प्रजनन स्वास्थ सेवा लिएका थिए ।

लायन्स क्लब अफ घोराही सिटी र नेपाल परिवार नियोजन संघ दाङको आयमेजना एवं बंगलाचुली गाँउपालिका र जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको संयोजनमा शिविर भएको हो ।

विकट बस्तीका रुपमा रहेको हासीपुरमा आयोजना गरिएको निशुल्क महिलाका लागि प्रजनन स्वास्थ शिविरमा एक सय बढी महिलाहरुले सेवा लिएका थिए । स्वास्थ शिविरमा महिलाहरुको प्रजनन स्वास्थ चेकचाज, परामर्शसंगै सामन्य उपचारका लागि औसधि समेत प्रदान गरिएको नेपाल परिवार नियोजन दाङ शाखाका प्रबन्धक बसन्त खनालले जानकारी दिएका छन् ।

‘महिलामा शिक्षाको कमी र भौगोलिक विकटताले गर्दा उहाँहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या रहेको पाइएको छ’,उनले भने,‘ उहाँहरुलाई सामन्य उपाचर गर्न सहर जानु पर्ने बाध्यतालाई न्यूनीकरण गर्नका लागि शिविर आयोजना गरेका हौ ।’ शिविरका क्रममा महिलाहरुमा पाठेघर झर्ने समस्या, समयमा महिनावारी नहुने, सेतोपानी बग्ने र तल्लो पेट दुख्ने समस्यालगायतका समस्याहरु पाइएको थियो । ‘शिविरका माध्यमबाट हामीले महिलाहरुलाई प्रजनन् सेवा र परमर्श दिएका छौ’,प्रवन्धक खनालले भने,‘हामीले भने अनुसार महिलाहरुले स्वास्थ्यमा ध्यान दिनुभयो भने रोगबाट बच्नलाई ठुलो सहयोग पुग्ने छ ।’

लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष पवन योगीको अध्यक्षता तथा नेपाल परिवार नियोजन दाङ शाखा सचिव माया पोख्रेलले प्रमुख आतिथ्यतामा भएको शिविरको उदघाटनसत्रको कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लाको विकट क्षेत्रका रुपमा रहेको हासीपुरमा गरिएको स्वास्थ शिविरले महिलाहरुलाई महत्वपूर्ण स्वास्थ सेवा प्रदान गरेको बताएका थिए । रोक लुकाएर बस्दा शरिरमा समस्यासँगै ज्यान समेत जान सक्ने खतरा रहेकाले स्वयम महिलासँगै सरोकारवाला निकायले पनि ध्यानदिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल परिवार नियोजन दाङ शाखा सचिव पोख्रेलले आफ्नो स्वास्थका लागि महिलाहरु सचेत हुनुपर्ने बताइन । ग्रामीण क्षेत्रमा चेतनास्तरसंगै लाजका कारण महिलाहरु प्रजनन स्वास्थका बारेमा बोल्न नसक्दा रोग लुकाएर बस्ने गरेको भन्दै पोख्रेलले आफ्नो स्वास्थका लागि महिलाहरु समस्या राख्न सक्ने हुनुपर्ने बताइन ।

‘चेतनास्तरको कमीसंगै लाजका कारण ग्रामीण क्षेत्रमा महिलाहरु रोग लुकाएर बस्ने गर्नुहुन्छ । जस्ले गर्दा स्वास्थमा गम्भीर असर गरिरहेको हुन्छ’,सचिव पोख्रेलले भनिन,‘त्यसैले हरेक महिला स्वास्थप्रति सचेत हुनुपर्छ । आफ्नो प्रजनन स्वास्थ समस्याका बारेमा बोल्न आट गर्नुपर्छ ।’

निशुल्क प्रजनन स्वास्थ शिविरले विकट क्षेत्रका रुपमा रहेका हासिपुरका महिलाहरुलाई ठुलो सेवा दिएको हासीपुर स्वास्थ चौकी हासीपुरकी इन्चार्ज देवीकला बुढाले बताइन् । उनले भौगोलिक विकटताका कारण हासीपुर क्षेत्रका महिलाहरु आधारभुत स्वास्थ पाउन समस्या भैरहेको समयमा निशुल्क प्रजनन स्वास्थ सेवा पाउनु राम्रो कुरा भएको बताइन् । कार्यक्रम संयोजक लायन चेतन बस्नेतको स्वागत मन्तव्य सुरु भएको कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ घोराही सिटीका सचिव रविकिरण केसीले गरेका थिए ।

शिविरमा स्वास्थ्यकर्मीहरू स्त्री रोग विशषज्ञ डा.अमित लामगादे,सिनियर स्टाफ नर्स प्रभा के।सी, सिनियर अनमी सञ्जु भण्डारी र चिनी श्रेष्ठ, स्टाफ नर्स भरोसा गिरी र रूपा बुढाले शिविरमा सेवा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*