“कार्यान्वयन त्यसबेला हुन्छ जतिबेला सरकारले नियत राख्छ, क्षमता राख्छ । तर, तपाईं गृहमन्त्री भइसकेपछि झन् उल्टो पो हुनथाल्यो,” सांसद थापाले भने, “ थारु, मधेसी, दलित, मुस्लिम, महिलामाथि खासगरी सुरक्षा संयन्त्रको व्यवहार विभेदकारी र असंवेदनशील बन्दै गएको छ । सर्लाहीको इश्वरपुरको घटना यसकै एउटा उदाहरण हो, प्रमाण हो ।”
काठमाडौं,२४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले रामबहादुर थापा बादल गृहमन्त्री बनेपछि थारु, मधेसी, दलित, मुस्लिम र महिलामाथि सुरक्षा संयन्त्रको व्यवहार झन् विभेदकारी र असंवेदनशील बन्दै गएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले यसो हुनुको कारण क्षमताको अभाव हो कि बद्नियत भन्दै प्रश्न गरेका थिए ।