Home / समाचार / इन्जिनियरहरूद्वारा प्रदेश पाँचका विभिन्न जिल्लामा रक्तदान

इन्जिनियरहरूद्वारा प्रदेश पाँचका विभिन्न जिल्लामा रक्तदान

दाङ, २३ वैशाख
प्रजातन्त्रवादी इन्जिनियरहरुको सस्था (सिडेन) प्रदेश न ५ को आयोजनामा प्रदेशका विभिन्न जिल्लाहरूमा रक्तदान गरिएकाे छ । कोरोना भाइरसको महामारीका कारण रगत अभाव हुन नदिनकोलागि रक्तदान गरिएकाे सिडेन प्रदेश ५ का सहसचिव इन्जिनियर अर्जुन गिरीले जानकारी दिनुभयाे ।
बुट्वल, भैरहवा, परासी, तौलिहवा, पाल्पा र दाङमा रक्तदान कार्यक्रम सञ्चालन भएकाे हाे । जसमा १ सय ८ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा अन्य राजनितिक तथा सामाजिक व्याक्तिहरुले पनि रक्तदान गर्नुभएकाे छ । पाल्पाका कांग्रेस युवा नेता हिमालदत्त श्रेष्ठ, बुटवलमा काङ्ग्रेस युवा नेता बिष्णु पोखरेल , सिडेन केन्द्रिय कोषाध्यक्ष इन्जिनियर सन्जय पाण्डे, नेपाल इन्जिनियरर्स एसोसिएसन प्रदेश ५ का अध्यक्ष इन्जिनियर कुसुमराज ज्ञवाली, परासीका नगर प्रमुख नरेन्द्रप्रसाद गुप्ता, वडा अध्यक्ष रमेशकुमार पान्डेय लगायतको उपस्थिति रहेको थियो । भैरहवामा सिडेन उपाध्यक्ष इन्जिनियर गोविन्द पङेनी, दाङमा सचिब इन्जिनियर कुलराज खनाल, बुटवलमा सहसचिव इन्जिनियर अर्जुन गिरी, तौलिहवामा कोषाध्यक्ष इन्जिनियर प्रविन सापकोटा, परासीमा सदस्य इन्जिनियर ओम बस्याल र पाल्पामा इन्जिनियर अर्जुन पाण्डेले कार्यक्रमको सम्योजन गर्नु भयेको थियो । अत्यन्त संवेदनशील र आपतकालीन अवस्थामा पनि सहभागी भई रक्तदान गर्ने सम्पूर्णमा सिडेन प्रदेश ५ का सभापति इन्जिनियर अनुप चौधरीले धन्यवाद व्यक्त गर्नुभएकाे थियाे ।
संस्थाले केही दिन पहिले महाविर पुन को राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रूपैया सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*