Home / Feature Breaking news / प्रहरीलाई घुस दिन खोज्ने दुई व्यक्ती प्रहरी नियन्त्रणमा

प्रहरीलाई घुस दिन खोज्ने दुई व्यक्ती प्रहरी नियन्त्रणमा

घोराही, २८ असार
दाङमा प्रहरीले प्रहरीलाई घुस दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक दिनेश रिमाललाई लागुऔषधसहित पक्राउ परेका व्यक्तीको मुद्धा मिलाउन भन्दै घुस रकम लिएर वडा प्रहरी कार्यालयमा पुगेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

शुक्रवार घोराहीबाट लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्धा मिलाईदिनुप¥यो भनेर १ लाख ५० हजार नगद रकमसहित आएका घोराही उपमहानगरपालिका वडा नम्ब्र १८ सुपैलाखुटि बस्ने २७ वर्षको गोविन्द शाह र स्वर्गद्धारी नगरपालिका वडा नम्बर ५ भिग्री घर भई हाल लमही नगरपालिका वडा नम्बर ५ बस्ने ३० वर्षका समीर भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकृत डिएसपी सुमीत खड्काले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक कारबाहीकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा पठाईएको खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*