Home / Feature Breaking news / नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप

नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज स्थित त्रिवेणी मोडमा लकडाउन उल्लंघनको विषयलाई लिएर प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । निषेधाज्ञा तोड्दै सडकमा निस्किएको स्थानियबासीको भिडलाई हटाउन खोज्दा झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) बीरबहादुर ओलीले प्रहरीको गाडीमा एक्कासी स्थानीयले ढुंगा, मुढा गरेको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार, निषेधाज्ञा तोड्ने केही ब्यक्तिलाई प्रहरीले लाठी चार्ज गरेपछि स्थानीयबासीले ढुंगा, मुढा गरेका थिए । झडपमा क्रममास्थानीयले प्रहरीको सवारी साधनमा समेत तोडफोड गरिदिएका छन् ।
स्थानीय प्रशासनले मंगलबार बिहान ११ बजेबाट लागु हुने गरी तिन दिनसम्मका लागि निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञाबारे नगरबासीलाई जानकारी दिन प्रहरीले बिहानैदेखी माइकिङ गरिरहेको थियो । झडपका क्रममा केही प्रहरी र स्थानीय बासिन्दा सामान्य घाईते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*