Home / Feature Breaking news / मावि रतनपुर महायज्ञमा ९१ लाख दान

मावि रतनपुर महायज्ञमा ९१ लाख दान

हापुर, २० चैत

हापुर मा.वि रतनपुरमा जारी महायज्ञमा ९१ लाख बढि दान संकलन भएकाे छ ।
विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि घोराही १२ मा रहेको हापुर मावि रतनपुरमा आयोजना भएकाे “श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” मा ९१ लाख दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
५८ लाख बराबरकाे जग्गा एवं जिन्सी सामाग्री र ३३ लाख नगद दान संकलन भएकाे अायाेजक मूल समितिका संयाेजक दिपक न्याैपानेले जानकारी दिनुभएकाे छ ।

महायज्ञमा मंगलवार २३ लाख ४१ हजार 1 सय ५५ रूपैया बराबरकाे जग्गा र ६ लाख ६८ हजार ४ सय ३९ रूपैया नगद दान संकलन भएकाे अायाेजक मूल समितिका संयाेजक दिपक न्याैपानेले जानकारी दिनुभयाे ।
महायज्ञमा हालसम्म ६६ लाख ५३ हजार २९ रूपैया बराबरकाे दान संकलन भएकाे छ ।

महायज्ञमा मंगलवार घाेराही उपमहानगरपालिका-१२ वडा कार्यालयले १ लाख १ हजार १ सय ११, साेनापुर सिमेन्ट प्रालि दुधरासले १ लाख १ हजार १ सय ११, घाेराही ११ का सरद पाेख्रेलले ५१ हजार १ सय १५, घाेराही १५ का बिनाेद गाैतमले २५ हजार ५, घाेराही १० का गंगाराम अाचार्यले ५५ हजार ७ सय ७७, घाेराही १२ का शिवकुमार गाैतमले ५५ हजार ५ सय ५५ रूपैया दान गर्नुभएकाे दान गर्नुभएकाे महासचिव दिपक दाहालले जानकारी दिनुभयाे ।
यस्तै घाेराही १२ का माधव खनालले ५१ हजमर १ सय ५, विष्णुबहादुर थापाले २५ हजार १ सय ५५, नरबदा पाेख्रेलले २५ हजमर ५, ईश्वरी गाैतमले २५ हजार ५५, नारायणदेव अाचार्यले २५ हजार १ सय ५, धनादेवी बस्नेतले ५० हजार १ सय ११, सुशील न्याैपानेले ५१ हजार ५ सय ६५, हरिबहादुर डाँगीले २५ हजार ५, अर्जुन दाहालले २५ हजार २५ दान गर्नुभएकाे महायज्ञ अायाेजक मूल समितिका सह-काेषाध्यक्ष डम्बर श्रेष्ठले जानकारी दिनुभयाे ।
मंगलवार घाेराही- १२ का महेशकुमार लामीछानेले ३ लाख ५० हजार बराबरकाे जग्गा दान गर्नुभएकाे छ ।
महायज्ञकाे अन्तिम दिन नगद ३ लाख दान संकलन भएकाे छ ।
विद्यालयकाे प्रवेश गेट निर्माण गरिने

मावि रतनपुरकाे प्रवेश द्वार निर्माण गरिने भएकाे छ । महायज्ञ अायाेजक मूल समितिका संयाेजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक न्याैपाने र गीता न्याैपानेले निर्माण गर्नुहुने भएकाे छ । न्याैपानेले स्वर्गीय हजुरबुवा डम्बरबहादुर न्याैपाने, हजुरअामा रत्नादेवी न्याैपाने र बसुन्धरा न्याैपाने, बुवा जुद्धबहादुर न्याैपाने, अामा प्रेमकुमारी न्याैपाने र हेमकुमारी न्याैपानेकाे स्मृतिमा ४ लाख ११ हजार १ सय ११ रूपैया बराबरकाे लगानीमा मुख्य गेट निर्माण गर्ने बताउनुभयाे । नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएपछि गेट निर्माण गरिने न्याैपानेले बताउनुभयाे । साथै अायाेजक मूल समितिका संयाेजक न्याैपानेकाे परिवारले नगद १ लाख ११ हजार १ सय ११ रूपैया दान गर्नुभएकाे छ ।

महायज्ञकाे वुधवार समापन गरिएकाे छ । एक अाैपचारिक कार्यक्रम गरि महायज्ञकाे समापन गरिएकाे हाे । अायाेजक मूल समितिका संयाेजक दिपक न्याैपानेकाे अध्यक्षता र हिन्दु जागरण नेपालका केन्द्रीय सदस्य नुमाकान्त दाहालकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा मुख्य वाचक बालव्यास पण्डीत नारायण न्याैपाने, उपवाचक पर्शुराम काफ्ले, खड्गदेवी मन्दिर व्यवस्थापन समितिका सचिव मिधुराम भण्डारी, विद्यालयका पूर्व प्रधानाध्यापक घनश्याम अधिकारी, संस्थापक ईन्द्रु गरी ले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण काशिराम केसी र राजेन्द्र दाहालले गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*