Home / Feature Breaking news / गठबन्धनलाई जिताउनुस्, व्यवसायीका समस्या समाधानमा लाग्ने छौः खनाल
फाईल तस्वीर

गठबन्धनलाई जिताउनुस्, व्यवसायीका समस्या समाधानमा लाग्ने छौः खनाल

घोराही, १९ कार्तिक

प्रदेश सभा सदस्य पदका उमेद्वार राजु खनालले व्यवसायीहरुको समस्या समाधानकालागी गठबन्धनका उमेद्वारहरुलाई बिजयी बनाउन सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ ।

गठबन्धन समर्थक व्यवसायीहरुको शनिवार घोराहीमा भएको भेलामा बोल्दै खनालले व्यवसायीहरुको समस्या समाधानकालागी गठबन्धनका उमेद्वारहरुलाई मतदान गर्न सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गर्नुभयो ।

व्यवसाय अहिले कठिन मोडमा भएको उहाँले बताउनुभयो । कोरोना महामारीपछि व्यवसाय क्षेत्र विभिन्न समस्यामा रहेको व्यवसाय फस्टाउन नसकेको बताउनुभयो ।

बैकको ब्याज दिनप्रतिदिन बृद्धि भईरहेकाले व्यवसायीहरु चर्को ब्याजको मारमा परेको उहाँले बताउनुभयो । उहाँले राज्य व्यवसायीहरुको समस्याप्रति गम्भीर बन्न आवश्यक भएको बताउनुभयो । दाङको व्यवसायीक केन्द्र घोराही भएपनि घोराही क्षेत्रका व्यवसायीहरु नै मारमा परेको र राप्तीको व्यवसायीक केन्द्रको रुपमा घोराही बजारलाई विकाश गर्न आवश्यक भएको खनालले बताउनुभयो ।

देशको विकासकालागी व्यवसायीहरुको महत्वपूर्ण भूमीका रहेको भन्दै व्यवसायीको व्यवसाय पवद्र्धनकालागी कार्यक्रम ल्याउन आवश्यक भएको उहाँको भनाई थियो । आफू पनि व्यवसायी भएकाले व्यवसायीहरुको समस्याबारे आफू नजिकबाट जानकार भएको उहाँको भनाई थियो ।

‘अहिले हामी व्यवसायीहरु विभिन्न खालका समस्याहरुमा छौ , कोरोना महामारीपछि व्यवसाय क्षेत्र फस्टाउन सकेको छैन । म आफै पनि व्यवसायी भएकाले पनि व्यवसायीहरुको समस्याका बारेम नजिकबाट जानकार छु’ खनालले भन्नुभयो– ‘ती व्यवसायीको समस्या माधानकलागी गठबन्धनलाई बिजयी बनाउनुहुन म सम्पूर्ण मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।’

खनालले दाङको गहनाको रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लक्ष्य अनुसारको सेवा सुविधा सञ्चालन गर्न र एमबिविएस, नर्सिङ पढाई सुरु गर्न, दाङको तुलसीपुरमा रहेको बिमानस्थलको स्तरबृद्धि गर्न एवं आवश्यकता अनुसार वैकल्पीक विमानस्थलको खोजी गर्न आवश्यक रहेको उहाँले बताउनभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*