Home / Feature Breaking news / चोरीको बाईकसहित एक जना पक्राउ

चोरीको बाईकसहित एक जना पक्राउ

दाङ,१५ असार । चोरीको बाईकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ देखि मोटरसाईकल चोरी गरि ल्याएर चलाई रहेको भन्ने गोप्य सुचनाका आधारमा प्रहरीले घोराही उपमहानगरपालिका–१५ का १७ बर्षीय बिनोद नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए ।

ना ६५ प ७७९४ नम्वरको एनएस–२०० मोटरसाईकलसहित नेपालीलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । पक्राउ परेका नेपालीलाई आवश्यक कारवार्हीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपरासी पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*