Home / समाचार / तुलसीपुर– ११ मा कृषि तालिम

तुलसीपुर– ११ मा कृषि तालिम

सुवास डिसी
तुलसीपुर,१५ असार । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा चारदिने कृषि सम्बन्धी अभिमुखिकरन तालिम आजदेखि शुरु भएको छ । वडा अध्यक्ष चित्र बहादुर वलीको अध्यक्षता एब कृषी विशषज्ञ रामाश्री शाहको प्रमुख आतिथ्यमा शुरु भएको अभिमुखिकरन कार्यक्रमको उद्घाटन सत्रमा महिला अधिकारकर्मी शुस्मा गिरि, साना किसान कृषी सहकारी संस्थाका निबर्तमान प्रबन्धक चिरञ्जीवी केसी, वडा सदस्यहरु घनश्याम गौतम, निर्मा चौधरी, खिमा कुमारी बिक, वडा सचिब भुबनेश्वर अधिकारी, प्रशिक्षक बबि बस्नेतलगायतले कृषी तालिमको सफलताको कामना गर्नु भएको थियो ।

वडा सदस्य सुबास डागीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कर्मचारी लक्ष्मी चौधरीले गर्नु भएको थियो । ४ दिनसम्म संचालन हुने तालिमको आजको सत्रमा प्रशिक्षकहरु रामाश्री शाह र बबि बस्नेतले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षक बबि बस्नेतले प्रोजेक्टर मार्फत कृषी तथा तरकारी खेती बारे भिडियो सहित प्रशिक्षण दिनु भएको थियो ।

तालिममा वडा नं. ११ का करिब ६० जनाको सहभागिता रहेको छ । तालिममा धान, मकै तथा तरकारी खेती सम्बन्धी आधुनिक प्रणालीबाट कसरी खेती गर्ने र कसरी धेरै उब्जनी गर्ने भन्ने बारे प्रशिक्षण दिइने वडा सदस्य सुबास डागीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*