Home / Feature Breaking news / कांग्रेस क्षेत्रीय सदस्यमा १२ जना मनोनित

कांग्रेस क्षेत्रीय सदस्यमा १२ जना मनोनित

घोराही, ६ फागुन

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ ले कार्यसमिति सदस्य र आमन्त्रित सदस्यहरु मनोनित गरेको छ । क्षेत्रीय कार्यसमितिको नियमीत बैठकले कार्यसमितिको सदस्य र आमन्त्रीत सदस्यहरु मनोनित गरेको हो । नेपाली कांग्रेसको विधान अनुसार ५ जना कार्यसमिति सदस्य र ७ जना आमन्त्रित सदस्यहरु मनोनित गरिएको छ ।

क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले कार्यसमिति सदस्यमा कमल गौतम, हिमाल महरा, युवराज आचार्य, पदमराज शर्मा र रेखा केसीलाई मनोनित गरेको हो । यस्तै आमन्त्रित सदस्यहरुमा दानबहादुर बुढाथोकी, शान्ता घिमीरे, देबा सुवेदी, तुलसा बस्नेत, पुण्य गिरी, दिनेश नेपाली, सीताकुमारी चौधरीलाई मनोनित गरेको छ ।

बैठकले सल्लाहकारमा डा.बिनबहादुर सिं वली, डा.प्रदीप न्यौपाने, घनश्याम थापा र खड्गबहादुर बुढाथोकीलाई चयन गरिएको छ । क्षेत्रीय कार्यसमितिको कार्यकक्ष व्यवस्थापन गर्नकालागी सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिने निर्णय गरेको छ ।

बैठकले घोराही उपमहानगरपालिका वडा नम्बर १३ का निवर्तमान सभापति एवं क्षेत्रीय प्रतिनिधी रोहीत पाण्डेको यही फागुन २ गते असामयिक निधन भएकाले मृतकको आत्माको चिरशान्तिको कामना सहित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*