तिर्थराज ज्ञवाली
देउखुरी, ७ फागुन । राप्ती गाउँपालिकाक अध्यक्ष नुमानन्द सुवेदी, वडा नं ५ का वडा अध्यक्ष तथा वडा सदस्यहरुले देउकी सामुदायीक बन उपभोक्ता समुह राप्ती गाउँपालिका पहरुवा सिङगेको नर्सरी तथा जडिबुटि प्रशोधन मेसिनको अनुगमन गरेका छन ।
राप्ती गाउँपालिकाले बन वातावरण संरक्षणका लागि नर्सरी स्थापनाका लागि गरेको सहयोगको कार्यान्वयन बारेमा बुझ्नकालागि अनुगमन गरिएको हो । अनुगमनका क्रममा एन्साब संस्थाले तथा ताल एवं अन्य संघ संस्थाले देउकी सामुदायीक बन उपभोक्ता समुहमा गरेका लगानी र सो लगानीको प्रभाबका बारेमा छलफल गरिएको थियो ।