घोराही, १४ साउन
नेपाल दलीत संघ दाङका अध्यक्ष स्वर्गीय दिनेश नेपालीको दोस्रो स्मृति दिवसमा दलीत संघ क्षेत्र नम्बर ३ ले भोली कार्यक्रम गर्ने भएको छ । क्षेत्रीय अध्यक्ष शरद वि.क र सचिव पदम नेपालीले विज्ञप्ती जारी गरि आईतवार घोराही स्थित कांग्रेस पार्टी कार्यालयमा कार्यक्रम गर्न लागिएको जानकारी दिनुभएको हो । विहान ११ वजे हुने कार्यक्रममा सहभागी हुन क्षेत्रीय समितिले कांग्रेसका नेता कार्यकर्ता,भातृसंगठनका नेता कार्यकर्ताहरु, तथा शुभेच्छुकहरुलाई अनुरोध गरिएको छ ।