घोराही, १४ साउन
घोराहि उपमाहानगरपालिका ६ अघरामा रहेको श्री राधाकृष्ण सामुदायिक वनमा आज वृक्षारोपन गरिएको छ । घोराही उपमाहानगरपालिका ६ का अध्यक्ष रेवबहादुर बुढाथोेकीको उपस्थितिमा वृक्षारोपन गरिएको हो । वनमा मसला, जामुन मुण्डली तथा टिक लगाएत विभिन्न प्रजातिका ३ हजार ६ सय ५५ विरुवाहरु रोपिएको सामुदायिक वनले जानकारी दिएको छ । विरुवाहरु जिल्ला वन कार्यालय दाङले निशुल्क रुपमा उपलव्ध गराएको श्री राधाकृष्ण सामुदायिक वनका सचिव पदम प्रसाद रिजालले जानकारी दिनुभएको छ । साथै वृक्षारोपण कार्यक्रममा श्री राधाकृष्ण सामुदायिक वनका अध्यक्ष नमलाल पाण्डेय, समाजसेवी चित्रबहादुर खत्री, हेमलाल खत्री, टिकाबहादुर डाँगी, कमल डाँगी, डम्मरबहादुर खत्री, भरतकुमार बुढा, तथा सामुदायिक वन उपभोक्त समितिका गिरिराज भण्डारी, लक्ष्मण बुढा लगाएत सम्पुण उपभोक्तको उपस्थितिमा वृक्षारोपन गरिएको श्री राधाकृष्ण सामुदायिक वनका सचिव रिजालले जानकारी दिनुभएको छ ।