Home / Feature Breaking news / उवासंघमा निर्वाचित कार्यसमितिद्वारा धन्यवाद सहित मतदातासँग घरदैलो

उवासंघमा निर्वाचित कार्यसमितिद्वारा धन्यवाद सहित मतदातासँग घरदैलो

दाङ, १६ असोज ।

दाङ जिल्ला उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकाहरुले मतदाताहरुलाइ धन्यवाद ज्ञापन तथा भेट घाट गरेका छन् । सोमवार घोराहीका विभिन्न क्षेत्र पुगेर मतदाताहरुलाइ भेटी धन्यवाद ज्ञापन गरेका हुन ।

मतदाताहरु संग सुझाव समेत लिएका थिए । मतदाताहरुको सुझाव अनुसार आफुहरु अगाडि वढने समेत उनीहरुको भनाइ रहेको छ । भेटघाटमा उनीहरुले आफुहरुले निर्वाचनमा आफुहरुले गरेका प्रतिवद्धता पुरा गर्ने बताएका छन् ।

अध्यक्ष बसन्त जोशी सहितको टोलीले मतदाताहरुलाई भेटेर धन्यवाद दिदाँ मतदाताहरु पनि खुसी छन् । ‘हामीले मत दिएर व्यवसायीहरुको छाता संगठनमा बिजयी भएका पदाधिकारीहरु आएर धन्यवाद दिनुभयो’ एक व्यवसायीले भन्नुभयो– ‘यो एकदम राम्रो काम हो, मत माग्दा आउने जितेपछि फर्केर नहेर्ने प्रचलन थियो तर यो कार्यसमिति यसरी आएर धन्यवाद दिदाँ एकदम खुशी लागेको छ ।’
निर्वाचनमा आफूहरु मत माग्नकालागी व्यवसायरुको घरदैलोमा पुगेको र उहाँहरुको साथ, माया र मतले आफूहरु बिजयी भएको हुँदा धन्यवाद ज्ञापन गर्न पनि घरदैलो गरेको नवनिर्वाचित अध्यक्ष बसन्त जोशीले बताउनुभयो । ‘जसले मत दिएर बिजयी बनाउनुभयो, उहाँहरुलाई धन्याद दिनकालागी यो घरदैलो गरेका होँ ।’ घरदैलोमा भेटिनुभएका जोशील भन्नुभयो– ‘मत माग्दा पुगेपछि धन्यवाद दिन पनि त पुग्नुप¥यो नि ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*