Home / Feature Breaking news / प्रजातान्त्रिक उद्यमी संघद्वारा बिजयीलाई बधाई, सहयोगीलाई धन्यवाद ज्ञापन

प्रजातान्त्रिक उद्यमी संघद्वारा बिजयीलाई बधाई, सहयोगीलाई धन्यवाद ज्ञापन

घोराही, १६ असोज

प्रजातान्त्रिक उद्यमी संघ घोराहीले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा सहयोग पुर्याउने सबैलाइ धन्यवाद ज्ञापन गरेको छ । संघका अध्यक्ष कालीवहादुर खत्री ९मानु० र महासचिव श्रीधर धितालले एक विज्ञप्ती जारी गरेर सबैलाइ धन्यवाद दिनुभएको हो ।

निर्वाचनलाई भय रहित, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउने राजनितीकदल, सम्पुर्ण मतदाता, उद्योग वाणिज्य संघ परिवार, उम्मेदवार, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत सम्पूर्णमा धन्यवाद दिएको छ ।

यस्तै प्रजातान्त्रिक उद्यमी संघ लगायत अन्य व्यवसायिक संघ संगठनसँगको सहकार्यमा बनेको संयुक्त व्यवसायी प्यानलका उम्मेद्वारहरुलाई बिजयी बनाउनकालागी सहयोग पु¥याउने सम्पूर्णमा पनि विज्ञप्तीमार्फत धन्यवाद ज्ञापन गर्नुभएको छ ।

साथै विज्ञप्तीमा संयुक्त व्यवसायीक टीमलाइ विजयी भएकोमा वधाइ समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*