Home / समाचार / साहारा यातायात प्रालीले गाडी संचालन गर्ने

साहारा यातायात प्रालीले गाडी संचालन गर्ने

घोराही, १४ साउन
दाङमा साहारा यातायात प्रालीले गाडी संचालनमा ल्याउने भएको छ । आज घोराहीमा पत्रकार सम्मेलन गरेर आगामी भदौ १ गते देखि १० वटा बस सञ्चालनमा ल्याउने जानकारी गराएको हो । ५ वटा डिलक्स तथा ५ वटा शौचालय र ए सी सहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याउन लागेको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । हाल साहारा यातायात प्रालिले दाङको घोराही , तुल्सीपुर तथा लमही बाट यातायात सञ्चालनमा ल्याउने साहारा यातायात प्रालिका अध्यक्ष सुरेन्द्र के सीले जानकारी दिनुभएको हो । त्यस्तै साहारा यातायात प्रालिले एक जना अपाङग, एक जना जेष्ठ नागरीक परिचय पत्र सहित बसको टिकट लिन आएमा ५० प्रतिशत छुट दिने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । साहारा यातायात प्रालिका अध्यक्ष सुरेन्द्र के सीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण पत्रकार प्रेमबहादुर राम्जाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*