Home / Feature Breaking news / लेखक संघद्धारा १४ सष्टाहरु पुरस्कृत

लेखक संघद्धारा १४ सष्टाहरु पुरस्कृत

दाङ, ७ फागुन । एउटै मञ्चवाट १४ सष्टाहरु सम्मानित भएका छन । लेखक संघ दाङको २४ औँ साधारणसभाका अवसरमा कला साहित्यका क्षेत्रमा योगदान पु¥याउने सष्टाहरु सम्मानित भएका हुन । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सस्कृति विश्व विद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले पुरस्कार प्रदान गरेका थिए ।

त्यस अवसरमा साहित्यकारहरु बमबहादुर डिसी र शंकर पौडेलद्वारा स्थापित बमशंकर साहित्यिक पुरस्कारबाट डिल्लीराज शर्र्मा, भैरव मज्गैयाँले स्थापना गरेको नन्दप्रज्ञा प्रतिभा पुरस्कारबाट डा गणेश पाण्डेय, नरेशजंग राणाद्वारा स्थापित मञ्जु राणा स्मृति साहित्यिक पुरस्कार सिर्जना शर्मा, खगराज लोहनीद्वारा स्थापित शारदा लोहनी साहित्यिक पुरस्कार देवेन्द्र बस्नेतलाई सम्मानित गरिएको थियो ।

त्यस्तै हरिप्रसाद पाण्डेद्वारा स्थापित तोयाराम—इश्वरादेवी साहित्यिक पुरस्कार स्व घनश्याम डाँगी, शेषराज सिवाकोटीद्वारा स्थापित कपिलमुनि शिवाकोटी विद्या साधना पुरस्कार काँशीराज पोख्रेललाई कार्यक्रमका प्रमुख अतिथि कोइरालाले पुरस्कार प्रदान गरिएका थिए ।

त्यसैगरेर गुरुप्रसाद रेग्मीद्वारा स्थापित हरिकला प्रतिभा पुरस्कार यम रेग्मीलाई, हुमबहादुर डिसीद्वारा स्थापित धनवाला साहित्यिक संगीत पुरस्कार अमर विक, शालिकराज आचार्यद्वारा स्थापित फर्शाराम धनकुमारी साहित्यिक पुरस्कार चन्द्र शर्मालाई, कालिका, श्रवण र सुनिता खनालद्वारा स्थापित नित्यानन्द शर्मा साहित्यिक प्रतिभा पुरस्कार डा शिवकुमार सुवेदी, अशोक लामिछानेद्वारा स्थापित असु काव्य पुरस्कार किरण आचार्यलाई, दीपक—प्रशान्त—अजय न्यौपानेद्वारा स्थापित दुर्गा चित्रा प्रज्ञा पुरस्कार इन्द्रराज पौडेल, खगराज आशा न्यौपानेद्वारा स्थापित मेघराज लक्ष्मीदेवी प्रज्ञा पुरस्कार सुमन पोख्रेल, कृष्णराज सर्वहारीद्वारा स्थापित निपुलाल डोङली थारु साहित्यिक पुरस्कार सोमप्रसाद चौधरीलाई पुरस्कृत गरिएको हो । त्यस अवसरमा जग्गादाता शंकर गौतमलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै उपकुलपति कोइरालले साहित्य र सिर्जनालाई समाजमा हुने अन्य,अत्याचार, विकृति र विसंगतिका विरुद्धमा लेखिनुपर्ने बताएका हुन । लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले साहित्यलाई मनोरञ्जनसँगै समाज परिवर्तनका पक्षमा लेखिनुपर्ने बताए ।

लेखक संघ दाङका कार्यसमिति सदस्य हरिप्रसाद पाण्डेयको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा साहित्कार तथा प्रध्यापक गदाधर पौडेल, साहित्यकार उत्तम कृष्ण मजगैया, लेखक संघ दाङका पूर्व अध्यक्ष शंकर पौडेल,साहित्यकारहरु भिमकान्त आचार्य, डा.कृष्णराज आचार्य, सिर्जना शर्मा, सोमप्रसाद चौधरी, सुमन पोख्रेल सम्मानित व्यत्तित्व अमर विकलगायतले सुभकामना मन्तव्य तथा रचना बाचन गरेका थिए । कार्यक्रममा सम्मानित व्यक्तिहरुको परिचय साहित्यकारहरु गोविन्द पौडेल, सन्ध्या रेग्मी, दिपक शर्मा ‘समिर’, हरिप्रसाद पाण्डे र भुपेन्द्र सुवेदीले गराएका थिए । कार्यक्रमको सहजीकरण लेखक संघ दाङका सहसचिव हुमबहादुर डिसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*