दाङ,२ फागुन । नेपाली कांग्रेसमा महामन्त्री शशांक कोइराला दाङ आइपुगेका छन् । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले सोमवार गर्ने विरोध कार्यक्रममा सहभागी हुनका लागि कोइराला आइतवार साँझ घोराही आइपुगेका हुन ।
सरकारको विरोधमा कांग्रेसले भोली सोमवार दाङसहित देशभर प्रर्दशन गर्ने भएको छ । मुलुकमा गहिरिँदो राजनीतिक संकटको निकासका लागि दबाव दिन र नेकपा सरकारको असंवैधानिक, अलोकतान्त्रिक कदम विरुद्ध नेपाली कांग्रेस दाङले सोमबार वृहत् विरोध प्रर्दशन तथा सभा गर्न लागेको हो ।
केन्द्रीय कार्यक्रम अनुसार दाङ कांग्रेसको आयोजनामा सोमवार घोराहीमा हुने विरोध सभालाई संवोधन गर्न नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला, कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाइमन्त्री दीपक गिरीलगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रम सभागीताका लागि नेपाली कांग्रेस दाङले सम्पूर्णमा आग्रह गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति किर्तीबहादुर खड्काले एक प्रेस विज्ञप्ती निकाल्दै सोमवार विहान ११ घोराहीमा रहेको पार्टी कार्यालयबाट सुरु हुने विरोध ¥यालीमा सहभागी हुन सवैमा आग्रह गरेका हुन । उनले पार्टी नेता तथा कार्यकर्ता, भातृसंघसस्थाका नेता तथा कार्यकता एव सम्पुर्ण जिल्लावासीलाई विरोध कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।
RaptiSandesh RaptiSandesh