Home / Feature Breaking news / तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे विजयी

तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे विजयी

दाङ,२ फागुन । तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा केपी ओली र प्रचण्ड(माधव समूहको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका रामप्रसाद चालिसे विजयी भएका छन् ।

प्रगतिशील प्यानलबाट उम्मेदवारी दिएर अध्यक्षमा निर्वाचित चालिसेले ८२९ मत पाएका छन् । चालिसेले नेपाली कांग्रेस समर्थित उमेदवार हिमाल बस्नेतलाई ३४ मतले हराएएर बिजयी भएका हुन ।

यसैगरी वाणिज्य उपाध्यक्षमा सयुक्त प्यानलकै मिनराज भण्डारी र खुला उपाध्यक्षमा पनि सयुक्त प्यानलकै रुपबहादुर खत्री विजयी भएका छन् । वाणिज्य उपाध्यक्ष भण्डारीले ९७१ मत पाएका छन् । उनका प्रतिस्पर्धी गोकर्ण गिरीले ६०३ मत पाए ।

खुला उपाध्यक्षमा निर्वाचित रुपबहादुर खत्रीले ८५६ मत पाएका छन भने उनका प्रतिस्पर्धी तुलसीराम न्यौपानेले ६९२ मत पाएका छन् ।

उद्योग उपाध्यक्ष पदमा भने प्रजातान्त्रिक प्यानलका ललितजंग शाह विजयी भएका छन् । उनले ८६० मत पाए । उनका निकटतम प्रतिस्पर्धी यज्ञबहादुर केसीले ७ सय १८ मत पाए ।

महासचिव विनिल केसी १ हजार ५० मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी केशवराज केसीले ५०७ मत ल्याए । विनिल र केशवराज दुवै प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिएका थिए ।

सचिवमा खुसलराम शर्मा ६२२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी वेदप्रसाद ओलीले ३२७ मत पाए । सचिव पदका लागि एक महिलासहित चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

कोषाध्यक्ष पदमा देवबहादुर केसी १ हजार ५५ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेस निकट भए पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।

केसीले पदाधिकारीहरुमध्ये सबैभन्दा धेरै मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसकै डिलबहादुर ओलीले ४६८ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*