दाङ,२८ पुस । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नेतृ शिला खड्का दांङ आउने भएकी छिन । नेपाली काग्रेसका पूर्व महामन्त्री एव प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काकी पत्नी खड्का कार्यकर्ता भेटघाटका क्रममा दाङ आउन थालेको नेपाली काग्रेस दाङले जनाएको छ ।
पूर्व सांसद समेत रहेकी खड्का दाङ आउने थालेको अवसरमा नेपाली काग्रेस दाङले भोली आइतवार विहान आठ बजे नेपाली काग्रेस पार्टी कार्याृलयमा भेटघाट कार्यक्रम राखेको नेपाली काग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डागीले जानकारी दिए ।
सचिव डागीले आइतवार विहान आयोजना गरिएको भेटघाट कार्यक्रममा उपस्थीतिका नेपाली काग्रेसका नेता तथा कार्यकर्ता, भातृ संगठन एव शुभेच्छुक संस्थालगायतका सम्पुर्णलाई उपस्थीतिका लागि आग्रह गरेका छन ।