Home / Feature Breaking news / टि– २० क्रिकेटको उपाधी डिभाइनलाई

टि– २० क्रिकेटको उपाधी डिभाइनलाई

लक्ष्मण बस्नेत
तुलसीपुर,४ फागुन । राजकुमार स्मृति अन्तर बिद्यालय स्तरिय टि–२० क्रिकेट प्रतियोगिता २०७५ को उपाधी डिभाईन टेम्पल एकाडेमी तुलसीपुरले चुमेको छ ।
रोटरी क्लव अफ तुलसीपुर सिटी र रोट्र्याक्ट क्लब अफ तुलसीपुरको सयुक्त आयोजनामा क्लवका सस्थापक अध्यक्ष स्वर्गीय राजकुमार श्रेष्ठको स्मृतिमा संचालित प्रतियोगिताको फाईनल खेलमा गोरखा माबि तुलसीपुरलाई ३ विकेटको अन्तरले पराजित गर्दै डिभाईनले उपाधी हात पारेको हो ।

बिद्यालय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नवप्रतिभाहरुलाई क्रिकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधी हात पारेको उसले नगद ३० हजार, ट्रफि,मेडल तथा प्रमाणपत्र हात पारेको थियो भने उपबिजेता गोरखाले नगद २० हजार ट्रफि,मेडल तथा प्रमाणपत्र हात पारेको छ ।
टस जितेर ब्याटिङ गरेको गोरखाले दिएको ९९ रनको बिजयी लक्ष्य डिभाईन टेम्पलले १९ दशमव ४ ओभरमा हासिल गरेको थियो । जसमा डिभाईनका सौगात ओलीले सर्वाधिक २६ रनको योगदान दिए भने वसन्त मिजार र सुरज केसीले क्रमशः १३ र १२ रन जोडे ।

बलिङतर्फ समीर शर्मा, लक्ष्मण थापा र बिशाल योगीले समान २ र २ विकेट लिए भने अच्युत थापाले १ विकेट झान सफल भए । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने डिभाईनका हरि ओली म्यान अफ द फाईनल घोषित भए । खेल अबधिभर अम्पायरको भुमिकामा बिनोद सिंह, दिवान पुन ,कमेन्ट्रीमा रोटरी क्लब अफ तुलसीपुरका निवर्तमान अध्यक्ष तुफानबाबु श्रेष्ठ र स्कोररमा दिनेश पाण्डे रहेका थिए ।

माघ २७ गते बाट सुरु भएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका १२ बिद्यालयको सहभागिता रहेको थियो । यसैबीच प्रतियोगिता समापन समारोह रोटरी क्लब अफ तुलसिपुरका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र रोट्र्याक्ट क्लब तुलसीपुरका अध्यक्ष रुपेश शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको प्रमुख आतिथ्य एवं स्वर्गीय राजकुमार श्रेष्ठ धर्मपत्नी निर्मला श्रेष्ठको बिशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य वेस्ट ब्याट्सम्यान अमर बोर्डिङ स्कुल काला खोला सबिन पौडेल,बेस्ट बलर डिभाईनका हरि ओली, वेस्ट फिल्डर र म्यान अफ द सिरिज गोरखाका समीर शर्मा घोषित भए । रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ को स्वागत रहेको कार्यक्रमको संचालन खेलकुद पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*