Home / Feature Breaking news / सडकमा ट्राफिक सचेतना सिकाउँदै विद्यार्थी (फोटो फिचर )

सडकमा ट्राफिक सचेतना सिकाउँदै विद्यार्थी (फोटो फिचर )

घोराही, ४ साउन । सडक दुर्घट्ना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले पछिल्लो समय सक्रियता बढाएको छ । सवारी दुर्घटना न्यूनीकरणसँगै जोखिमबाट मानिसहरुलाई बचाउनका लागि ट्राफिक प्रहरीले विद्यार्थी तथा समुदाय लक्षित कार्यक्रमहरु गर्दै आएको छ ।

त्यसैक्रममा बुधवार जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीमा रहेको भि.एन. स्कुल एण्ड कलेजसँगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम गरेको हो ।

विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण दिएर प्रयोगात्मक रुपमा घोराहीको व्यस्त भानुचोक,सहिदगेट चोकलगायतका ठाउँहरुमा विद्यार्थीहरुको सहभागीतामा ट्राफिक सचेतना कार्यक्रम गरेका थियो ।

त्यस अवसरमा विद्यार्थीहरुले चोकहरुमा सडक कसरी क्रस गर्ने, सडकहरुमा हिड्दा वा चालकहरुले सवारीसाधन चलाउँदा ध्यानदिनुपर्ने नियमसँगै सवारीचालक तथा पैदलयात्रीहरुलाई सिकाएका थिए ।

जिल्ला ट्राफिक कार्यालय दाङका प्रहरी प्रमुख झबिन्द्र परियारसहितका ट्राफिक प्रहरीले विद्यार्थीसँगै पैदलयात्री र सवारीचालकलाई ट्राफिक नियमहरु बारे सिकाएका थिए । ट्राफिक प्रहरी प्रमुख परियारले सडक दुर्घटना न्यूनीकरणसँगै जनतालाई ट्राफिक नियमका बारेमा सचेत गराउनका लागि कार्यक्रम गरिएको बताएका थिए ।

घोराहीको व्यस्त भानु चोक,सहिदगेट चोेकमा विद्यार्थीहरुलाई समूह समूहमा विभाजन गरी सडक हिड्ने पैदलयात्रीहरुलाई ट्राफिक नियमहरु सिकाउने काम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*