Home / Feature Breaking news / सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दाङ,३० फागुन । दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन । देउखुरीमा भएको सवारी दुर्घटनामा तुलसीपुर राईखलियान निवासी एक युवाको मृत्यु भएको छ ।

देउखुरीको राप्ती गाउँपालिका–१ पाखापानीमा रा १ ख ६०० नम्बरको माइक्रो बसले रा ३ प ९००५ नम्वरको मोटरसाइकललाई ठक्कर दिदा तुलसीपुर उपमहानगरपालिका वडा नं. १० राईखलियान निवासी २७ बर्षीय अजुर्न केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिएका छन ।

लमहीमाबाट भालुबाङतर्फ गैरहेको बसले विपरित दिशाबाट आईरहेको मोटरसाईललाई ठक्कर दिदा मोटरसाइकलको पछाडी बसेका केसीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा बुटवल मर्सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाईकल चालक दंगिशरण गाउँपालिका वडा नं. ५ का २७ बर्षीय पवन चौधरी घाइते भएका छन् । चौधरीको बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरि पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा टेक्टरले ठक्कर दिदा एक बालिका घाइते भएकी छिन । शान्तिनगर गाउँपालिका–३ रातामाटामा बबईदेखि बस्तीखोलातर्फ जादै गरेको रा १ त ३९३५ नम्वरको ट्याक्टरले ठक्कर दिदा सोही ठाउँ निवासी ६ बर्षीया बालिका अनोदिक्षा डाँगी घाइते भएकी हुन । घाइते बालिकाको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बालिकाको खुट्टामा चोट लागेको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*