Home / Feature Breaking news / पत्रकार हत्या गर्नेलाई कारबाही माग

पत्रकार हत्या गर्नेलाई कारबाही माग

काठमाडौं,१ चैत । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको ‘मिसन टोली’ ले पत्रकार हत्या गर्ने दोषीमाथि कारबाही गर्न माग गरेको छ । मिसन टोलीले बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीलाई शनिबार भेट्दै यस्तो माग गरेको हो । पत्रकार वीरेन्द्रकुमार साहको १२ वर्षअघि हत्या भएको थियो । साह हत्याका अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई प्रहरीले गत आइतबार पक्राउ गरेपछि टोलीले त्यसको जानकारी लिन यहाँ आइपुगेको थियो ।
प्रहरी उपरीक्षक पंगेनीसित टोलीका सदस्यहरुले भेट्दै पक्राउ परेका र पक्राउ पर्न बाँकी रहेकामाथि कारबाहीको माग गरे ।

पत्रकार वीरेन्द्र साह हत्या आरोपी कुन्दन फौजदार पक्राउ

महासंघका उपाध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आएका टोलीमा सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र सहभागी थिए । यसैगरी टोलीसँगै पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, सचिव गुरुप्रसाद गौतमसहित अन्य सदस्यहरु सहभागी थिए । तत्कालीन सरकार–माओवादी द्वन्द्वको क्रममा ३७ जना पत्रकारले बिना कारणले न्यान गुमाउनु परेको महासंघका उपाध्यक्ष पोखरेलले जानकारी गराउँदै सबैको कारबाही भए नभएको अनुगमन गर्न अभियान थालिएको बताए ।

पत्रकार साहको हत्याका अभियुक्त थुनामा

टोलीले प्रेस स्वतन्त्रताको अवस्थाको अनुगमन गर्न बाराबाट अभियान थालेको महासंघका कोषाध्यक्ष मिश्रले जानकारी दिए । प्रहरीले फौजदारलाई पक्राउ गरी अदालतमा बुझाएपछि अदालतले उनलाई मुद्दाको फैसला नहुन्जेलसम्मका लागि पुर्पक्ष (थुना) मा राख्न आदेश दिइसकेको छ । थुनछेक बहसपछि भएको आदेश अनुसार फौजदारलाई वीरगन्ज कारागार पठाइएको छ । विस्तृत शान्ति सम्झौतापछि तत्कालीन माओवादीले पत्रकार साहको हत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*