Home / समाचार / सरकारद्धारा स्वास्थ्य केन्द्रका लागि उपचार उपकरण खरिद

सरकारद्धारा स्वास्थ्य केन्द्रका लागि उपचार उपकरण खरिद

दाङ, १६ साउन
सरकारले देशभरका १ सय २० वटा प्राथमिक स्वास्थ्य केन्द्रका लागि ४३ प्रकारका आधारभूत उपचार उपकरण खरिद गरेको छ ।
ती उपकरण आफ्नो भवन भएका प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यकता हेरी प्रदान गरिने स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. भीमसिंह तिनकरीले जानकारी दिनुभयो ।
उपचारका लागि आधारभूत उपकरण नभएको भन्दै चिकित्सक स्वास्थ्य केन्द्रमा जान आकाकानी गरेपछि १५ करोड रुपैयाँका आधारभूत उपकरण खरिद गरिएको उहाँले बताउनुभयो ।
प्रयोगशालाका उपकरण, सुत्केरी गराउने शैया, एक्सरे मेसिन, फ्रिज, रक्तचाप नाप्ने यन्त्र, ट्रली, सुत्केरी सामग्री, ड्रेसिङ सामग्री, बिरामी जाँच गर्ने साधन लगायत उपकरण खरिद गरिएको हो । एउटा प्राथमिक स्वास्थ्य केन्द्रले छ लाख ७० हजार ९ सय ३३ रुपैयाका ४३ प्रकारका उपकरणका प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*