Home / समाचार / बंगलाचुलीमा दाङ उवासंघको शाखा स्थापना

बंगलाचुलीमा दाङ उवासंघको शाखा स्थापना

अमरराज आचार्य
दाङ, ३ भाद्र

दाङ जिल्ला उद्योग वाणिज्य संघको बंगलाचुली शाखा स्थापना गरीएको छ । संघले एक कार्यक्रमको आयोजना गरी शाखाको उद्घाटन गरेको हो ।

शाखा उद्घाटन कार्यक्रम संघका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य धुव्रराज श्रेष्ठ (भारी)को प्रमुख आतिथ्यता एवम वगलाचुली गाऊपालिकाका अध्यक्ष भक्तवहादुर वलीको विशिष्ट आतिथ्यतामा भएको थियो ।

बंगलाचुली गाऊपालिकामा रहेका व्यवसायिहरुलाई सहजता प्रदान गर्ने उदेश्यले शाखा स्थापना गरीएको शाखा स्थापनाका संयोजक तथा उद्योग उपाध्यक्ष वशन्त जोसीले जानकारी दिए ।

शाखा कार्यालय स्थापना अभियान अन्र्तगत शाखा स्थापना गरीएको जोसीको भनाइ रहेको छ । संघले जिल्लाका विभिन्न स्थापनामा शाखा स्थापना गर्न थालेको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वन्जाडे, काभ्रे गाविसका पुर्व अध्यक्ष भेषराज खत्री, संघका पुर्व अध्यक्ष चन्द्रराज पन्त, नेकपाका गोपाल वली, नेपाली काँग्रेसका धुव्र पुन, युवाव्यवसायि रुकमणि पुलामी, ल्याङगे घट्टेकुलो सामुदायि वन उपभोकता समुहका अध्यक्ष जागेश्वर अधिकारी लगाएतकाले भनाइ राखेका थिए ।

संघका उद्योग उपाध्यक्ष वशन्त जोसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा सहभागिहरु लाई धन्यावाद ज्ञापन वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीले गरेका थिए । कार्यक्रमको सहजिकरण सचिव माया पोख्रेलले गरेकी थिइन ।

बंगलाचुलीमा समिती गठन

दाङ जिल्ला उद्योग वाणिज्य संघको वंगलाचुलीमा रुकप्रसाद पुलामीको अध्यक्षतामा १६ सदस्यीय समिती समेत गठन गरीएको छ ।

जसको उपाध्यक्षहरु कुलवहादुर वली, विष्णु कवर, सचिवमा डोमवहादुर केसी, कोषाध्यक्षमा केशव जिसी, सह–सचिवमा विरवल घिमिरे, सह कोषाध्यक्षमा लिला पाट रहेका छन् ।

समितीका अन्य सदस्यहरुमा हिमा केसी, तामवहादुर परियार, जागेश्वर रावत, गणेश डाँगी, इश्वर रोका, टेकवहादुर पाण्डे, दिलबहादुर डाँगी, पोषण पाण्डे र सुरेन्द्र लम्साल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*