Home / समाचार / वित्तिय संस्था कर्मचारी संघको अध्यक्षमा वली

वित्तिय संस्था कर्मचारी संघको अध्यक्षमा वली

दाङ,११ फागुन । नेपाल वित्तिय संस्था कर्मचारी संघ,कृषि विकास वैंकको ९ औं जिल्ला अधिवेशन शनिवार घोराहीमा सम्पन्न भएको छ । संघको अधिवेशनले ४ बर्षे कार्यकालका लागि तुलसीपुर निवासी तुलसीराम वलीको नेतृत्वमा ११ सदस्य नयाँ नेतृत्व चयन गरेको छ ।

जसको उपाध्यक्ष निशा गिरी, सचिवमा बुद्धिप्रकाश चौधरी, कोषाध्यमा सपना श्रेष्ठ र सह–सचिवमा रेशम नाम्जाली सर्वसहमतिमा चयन भएका छन् ।
त्यस्तै संघको जिल्ला कार्यसमिति सदस्यहरुमा गीता देवकोटा, भिमबहादुर चौधरी,बुद्धिराम चौधरी, देवेन्द्र अधिकारी र कमल भण्डारी रहेका छन् ।

संघकाले अधिवेशनले ५ नं. प्रदेशको प्रदेश प्रतिनिधिहरुमा अनिल डिसी, लक्ष्मीनाराण चौधरी,छविलाल भण्डारी, सृष्टि बस्नेत,बलबहादुर साउद,कोमा रावत,प्रेमबहादुर विक,शिव शंकर गिरी र नरेश सुवेदीलाई चयन गरेको छ ।

त्यसैगरी संघको अधिवेशनले केन्द्रिय प्रतिनिधिपनि चयन गरेको छ । जस्मा अरुणा मल्ल, विनोद केसी, चिरिञ्जिवी डिसी र नखदेश्वर चौधरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*