Home / प्रवास / कोरियाबाट नेपाल फर्किने क्रममा रहेका एक नेपालीद्वारा आत्महत्या

कोरियाबाट नेपाल फर्किने क्रममा रहेका एक नेपालीद्वारा आत्महत्या

रोजगारीको शिलशिलामा इपिएस मार्फत कोरिया आएका एक नेपालीले आफ्नै कम्पनी परिसरमा  झुन्डिएर आत्महत्या गरेका छन्। कोरियाको थेगु सहरस्थित एक कम्पनीमा कार्यरत दोलखाका युवक सोमबार राति आफ्नै कम्पनिको  बाथ रूममा  झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

सँगै कम्पनीमा कार्यरत नेपाली साथीका अनुसार २२ वर्षीय मृतकले डिप्रेसनको औषधिसमेत सेवन गर्दै आएका थिए। १ वर्ष पहिला कोरिया प्रवेश गरेका उनी केही सातादेखि मानसिक तनावमा थिए। ‘बिच बिचमा औषधि नखाने फ्लो अप नगर्ने गर्थे अहिले एक्कासी यस्तो नसोचेको  घटना घट्यो,’ उनीसँगै कार्यरत एक नेपालीले सेतोपाटीलाई बताए।

पछिल्लो समयमा डिप्रेसनको कारण अनौठो ब्यवहार देखाउन थालेपछि नेपाली साथीको सल्लाहमा आउँदो शुक्रबार नेपाल फर्किनको लागि हवाई टिकट समेत लिएका थिए। उक्त कम्पनीमा  २४ जना नेपाली कामदार कार्यरत छन्।

घटनाबारे परिवारलाई जानकारी नगराइएको कारण मृतकको नाम उल्लेख गरिएको छैन।

सोलस्थित नेपाली दूतावासाले घटनाको अनौपचारिक जानकारी आएको बताएको छ।

कोरियामा १ साता भित्रै ३ जना नेपालीले ज्यान गुमाएका छन्। गत साता मात्रै गोरखाका सुनिल अधिकारीले सुसाइड नोट लेखेर कम्पनीको भर्‍याङमा आत्महत्या गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*