Home / Feature Breaking news / पूर्वमन्त्री शर्माकाे उद्घघाेष : मंसिर ४ पछि पनि पाँच वर्ष एमाले सरकार बाहिरै रहन्छ

पूर्वमन्त्री शर्माकाे उद्घघाेष : मंसिर ४ पछि पनि पाँच वर्ष एमाले सरकार बाहिरै रहन्छ

घाेराही, १२ कार्तिक । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं दाङ निर्वाचन क्षेत्रनम्बर २ का गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री रेखा शर्माले मंसिर ४ गतेपछि पनि अहिलेकाे गठबन्धन कायमै रहने बताउनुभएको छ ।

घाेराहीका विभिन्न स्थानमा जनभेटघाटमा बाेल्दै शर्माले अहिलेकाे गठबन्धन संविधान रक्षा र लोकतन्त्रको रक्षाका लागि बनेकाले आगामी निर्वाचनपछि पनि गठबन्धन निरन्तर कायम भइराख्ने बताउनुभयाे । “याे निर्वाचन पछि पनि पाँच वर्ष एमाले सरकार बाहिर रहने छ, जनताले निर्वाचित गरेकाे संसदनै विघटन गर्ने एमालेलाई जनताले यसपटक राम्रै सवक सिकाउने छन्,” शर्माले भन्नुभयाे, “हाम्रो गठबन्धन समृद्धि, सुशासन र विकासका लागि निर्माण भएकाे हाे, अवष्य पनि हामीलाई जनताले साथ दिने छन् ।”

शर्माले निर्वाचनपछि पनि गठबन्धन कै सरकार बन्ने ठोकुवा गर्नुभयो । मुलुकका अधिकांश स्थानमा गठबन्धनका उम्मेदवारले विजय हासिल गर्ने दाबी गर्दै शर्माले आगामी निर्वाचनमा गठबन्धनले दुईतिहाई हासिल गर्ने दावी गर्नुभयो । अहिलेको निर्वाचन सामान्य निर्वाचन मात्र नभएर अग्रगमन र प्रतिगमन बीचको लडाई भएको उहाँको भनाइ छ ।

अहिलेकाे निर्वाचनमा एकातर्फ नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूको नेतृत्वमा परिवर्तनशिल शक्तिहरूको गठबन्धन भएको तथा अर्काेतर्फ एमाले, राप्रपा लगायतका दलहरूको प्रतिगामी गठबन्धन तयार भएको शर्माले बताउनुभयो । शर्माले यो निर्वाचनले संविधान मास्ने तथा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समावेशी, समानुपातिक प्रणालीको विरोधी शक्तिहरुलाई पत्तासाफ गर्ने दाबी गर्नुभयो ।

प्रदेश सभा २ (२) का उम्मेदवार प्रचण्ड बिक्रम न्याेैपाने “गुन्टु” ले दाङकाे विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारकाे विजयी अपरिहार्य भएकाे बताउनुभयो । उहाँले निर्वाचन क्षेत्र नं २ (२) का मतदाताले बृद्ध तथा भिजन नभएका उम्मेदवारलाई नभएर युवा तथा केही गर्छु भन्ने भावना भएका युवालाई विजयी गराउने बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*