Home / Feature Breaking news / कांग्रेसको दाबी– १० दिनभित्र राजनीति नयाँ कोर्शमा जान्छ

कांग्रेसको दाबी– १० दिनभित्र राजनीति नयाँ कोर्शमा जान्छ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा कानुनविद्हरुसँगको छलफलका क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

लेखकले अबको हप्ता १० दिनभित्रै नयाँ राजनीतिक परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए । एमाले विचलित भइरहेको भन्दै उनले अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको टिप्पणी गरे ।

‘संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा कांग्रेसको स्वभाविक दाबी हुन्छ । राजनीति नयाँ कोर्षमा जाने स्थिति बन्दै गएको छ । यही हप्ता–१० दिनमा । नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ,’ उनले भने ।

प्रमुख सचेतक लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा र कार्यान्वयनका मुद्दामा जनताले नेपाली कांग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको दाबी समेत गरे । उनले भने, ‘राष्ट्रपतिका लागि हामी सकारात्मक र आशावादी छौँ । कांग्रेस सबैभन्दा ठूलो राजनीतिक दल हो । संसदमा हामी सबैभन्दा धेरै संख्यामा छौँ, सातै प्रदेशमा हामी सबैभन्दा ठूलो संख्यामा छौँ । सबै राजनीतिक दलहरु भन्दा बढी हाम्रो मतभार छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*