घोराही, १४ भदौ
रेडिमेट तथा फेन्सी व्यवसायी समिति घोराहीको ९ औँ साधारण सभासम्पन्न भएको छ । समितिले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि दिवश मनाएको हो ।
समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्य र दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठको विशिष्ठ आतिथ्यमा साधारण सभा भएको थियो ।
कार्यक्रममा सचिव सञ्जीव श्रेष्ठले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष दामोदर पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले व्यवसायीहरुले पछिल्लो समयमा विभिन्न समस्याहरु झेल्नुपर्ने बाध्यता रहेकाले ती समस्या समाधानका लागि सम्पूर्ण व्यवसायीहरु लाग्नुपर्ने बताउनुभयो ।
आर्थिक सुधारका लागि सरकारले व्यवसायीहरुलाइ प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । वस्तुगत समितिहरु बलियो भएमा दाङ जिल्ला उद्योग वाणिज्य संघ बलियो हुने भन्दै रेडिमेट तथा फेन्सी व्यवसायी समितिले सामाजिक कार्यदेखी व्यवसायीक क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरेको प्रति प्रशंसा व्यक्त गर्नुभयो ।
विशिष्ठ अतिथि श्रेष्ठले रेडिमेट तथा फेन्सी व्यवसायी समिति क्रियाशीलताका साथ लागेकोमा धन्यवाद दिदै व्यवसायिक हकहितका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । साथै उहाँले वस्तुगत समितिहरुले सामाजिक क्षेत्रमा गरेको काम र व्यवसायिक क्षमता अभिवृद्धिको अभियानलाई थप क्रियाशील बनाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा रेडिमेट तथा फेन्सी व्यवसायी समितिका सल्लाहकार माधव खनाल, नेपाल पत्रकार महासंघ दाङका निवर्तमान सचिव आर.के.शीतल, दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य विष्णु रिजाल, समितिका संस्थापक अध्यक्ष एकराज खनाल, संस्थापक उपाध्यक्ष देविराम न्यौपाने, भाँडा व्यवसायी समितिका अध्यक्ष मधुसदन अधिकारी, मोबाईल तथा ईलेक्ट्रोनिस व्यवसायी समितिका अध्यक्ष शालिकराम खनाल, राप्ती अञ्जल लिकर्स एसशेसियसनका अध्यक्ष विश्व पौडेल र गल्ला तथा किराना व्यवसायी समितिका अध्यक्ष विनोद पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा समितिले आयोजना गरेको रक्तदानमा सहभागीहरु, दाङ जिल्ला उद्योग वाणिज्य संघको साधारण सभाको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरु, कराते थाईल्याण्ड ओपन च्याम्पीयनसीप २०२५ मा सहभागी एओन फेन्सीका राजेश तामाङ, भ्वाईस अफ किड्स सिजन ४ मा सहभागी जि.एस फेन्सीका सञ्चालक गोकुल श्रेष्ठको छोरी सोनम श्रेष्ठलाई सम्मान गरिएको थियो ।
उपाध्यक्ष हरिप्रसाद घिमीरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव सञ्जीव श्रेष्ठले गर्नुभएको थियो ।
RaptiSandesh RaptiSandesh