Home / समाचार / नेपाल प्रहरीको नेत्तृत्व अब शैलेश थापा क्षेत्रीलाई

नेपाल प्रहरीको नेत्तृत्व अब शैलेश थापा क्षेत्रीलाई

काठमाडौं–नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले थापा क्षेत्रीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो ।

हाल नेपाल प्रहरीको मानव स्रोत एवं प्रशासन विभाग प्रमुख रहेका थापा प्रहरी सेवाका निर्विवाद अधिकृतका रुपमा चिनिन्छन् । २०४९ सालमा प्रहरी निरीक्षक ९इन्सपेक्टर०को रुपमा सेवा प्रवेश गरेका थापाले महानिरीक्षक बन्दा आफ्नै ब्याचका अर्का १ जना प्रतिस्पर्धीलाई उछिनेका हुन् । अन्य १ जना एआईजी हरिवहादुर पाललाई उछिन्दै थापा महानिरीक्षक बन्न सफल भए ।

प्रहरी नायव उपरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षक बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहेका थापालाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गरिएको हो । हालका आईजीपी ठाकुर ज्ञवाली ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अनिवार्य अवकासमा जाँदै छन् ।

ज्ञवालीसँगै ३० वर्षे सेवा अवधिका कारण अर्का अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० तारणीप्रसाद लम्साल पनि अनिवार्य अवकाशमा जाँदै छन् । प्रहरीको नयाँ महानिरीक्षक बनेका थापा प्रहरी नियमावली २०७१ मा रहेको ३० वर्षे सेवा अवधि कायमै रहे १९ वैशाख २०७९ सम्म मात्रै सेवामा रहनेछन् ।

थापाले अहिलेसम्म झापा, कास्कीलगायतका जिल्लासहित महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रहरी प्रवक्तालगायत महत्वपूर्ण मानिने स्थानको कमान्ड सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*