Home / Feature Breaking news / घोराहीमा जेसीज हाफ म्याराथन हुँदै

घोराहीमा जेसीज हाफ म्याराथन हुँदै

दाङ,१२ असोज । त्रिभुवन नगर जेसीज घोराहीको आयोजनामा ‘जेसीज हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि मंसिर १५ गते घोराहीमा हुने त्रिभुवनगर जेसीजले जनाएको छ ।

जेसीजले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा प्रतियोगीता यही मंसिर १५ गते शनिवार विहान ८ वजे हुने त्रिभुवन नगर जेसीजका अध्यक्ष लालमणि भण्डारीले जानकारी दिए । मिनी म्याराथन प्रतियोगीता २१ किलो मिटरको रहने छ । त्यस्तै जेसीजले बालवालिकाको लागि ५ किलो मिटरको हाफ म्याराथनको व्यवस्था समेत गरेको छ ।

प्रतियोगीतामा प्रथम हुने पुरुष र महिलाको लागि २५ हजार नगद, प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिने छ । द्धितीय हुने पुरुष तथा महिला १० हजार नगद, प्रमाण पत्र, मेडल, शिल्ड र तृतीय हुने पुरुष तथा महिलालाई नगद ५ हजार, प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिने हाफ म्याराथन प्रतियोगिताका कार्यक्रम संयोजक टंक रावतले जानकारी दिए ।

हाफ म्याराथन प्रतियोगितामा वालवालिकातर्फ बालक र बालिका दुवैलाई प्रथम, द्धितीय र तृतीयलाई क्रमश नगद ५ हजार, २ हजार र १ हजारसहित प्रमाण पत्र, मेडल र शिल्ड प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । त्यस्तै जेसीजले ४० वर्ष उमेर भन्दामाथिकालाई सम्मान पुरस्कार ५ हजार प्रदान गर्ने भएको छ ।
प्रतियोगीतामा सहभागीताका लागि दर्ता शुल्क ३ सय ५० र २ सय ५० रुपैया तोकेको जेसीज दाङका अध्यक्ष भण्डारीले जानकारी दिए । बाहिरी जिल्लावाट प्रतियोगीतामा सहभागि हुनेलाई १ दिनको खाना र बस्नको व्यवस्था र सम्पुर्ण सहभागिहरुका लागि डाक्टरसहितको प्राथमिक उपचारको व्यवस्था गरिएको कार्यक्रम संयोजक रावतले जानकारी दिए ।

प्रतियोगीतामा सहभागि हुन इच्छुक सम्पुर्ण सवैलाई जेसीजले आग्रह समेत गरेको छ । कार्यक्रमलाई सफल वनाउन सहयोग गर्ने सवै जेसीजका अध्यक्ष भण्डारीले सवैलाई आग्रह गरेका छन् । जेसीजले विगत ३ वर्षदेखि प्रतियोगीता गर्दै आएको छ । पत्रकार सम्मेलन अध्यक्ष भण्डारीको अध्यक्षता एवम नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा रविविक्रम केसीले जेसीज आस्थापाठ गराएका थिए । कार्यक्रम संयोजक टंक रावतको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव वुद्धिप्रकाश शर्माले गरेका थिए ।

प्रतियोगितालाई सफल बनाउन घोराही उपमहानगरपालिका वडा नं। १० र १५ सहित जनविश्वास बहुउद्देश्यीय सहकारी सस्था काठमाण्डौ, गणेश टे«ड कन्र्सन सामाखुशी, एनआईएचई घोराही, सिद्धार्थ बैंक, दाङ उद्योग बाणिज्य संघ, जुवी कनेक्सन, श्रीश्रीश्री इन्टरनेशनल, गण्डकी विकास बैक घोराहीलगायतका संघसस्थाहरुले सहयोग गर्ने भएको जेसीजले जनाएको छ । साथै अन्य सहयोगीदाताहरुको खोजीमा रहेको समेत जेसीजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*